पढाईलाई ब्यावहारमा प्रयोगगरी आय आर्जन गर्दै सचिन

 आवाज संवाददाता     १५ जेष्ठ २०७९, आईतवार

नवराज शिवाकोटी
जेठ,१५, दोलखा
भीमेश्वर नगरपालिका वडा नम्बर ४ का सचिन चौलागाईं विहानै घर निजक रहेको लहलहाउँदो गोलभेडाको टनेलमा पुग्छन् । लटरम्म फलेको गोलभेडा देख्दा उनलाई लाग्छ बालिविज्ञान डिप्लोमा पढेको प्रतिफल यही हो । उनको दैनिकी गोलभेडाको स्याहार सुसार, फलेका फलको ब्यवस्थापन तथा सदरमुकाम चरिकोटमा गोलभेडा पुर्याउनमैं वित्छ ।

घर निजकै रहेको सर्वमावि जिलुबाट कृषि बालिविज्ञान डिप्लोमा पढेपछि साथीहरु कोही उच्च शिक्षा पढ्नलागे । केही जागिरको खोजिमा भौतारिए तर सचिन भने सिकेको सिपबाट गाउँमैं केही गर्नु पर्छ भन्ने लागेकोले कृषि कर्ममैं लाग्ने निधोमा पुगे । “आँखिर जे गरे पनि आय आर्जन गर्नु न हो । किन बेकार चारतिर भौंतारिने ?” सचिनले भने “ जिलुको माटो मलिलोछ , मानिस मेहनति छन् अलिकति आधुनिक प्रविधिको प्रयोग गरी खेति गरे यही कृषि उपज बढाई मनग्य आमदानी गर्न सकिने सोचका साथ तरकारीखेतिमा लाग्ने निधोमा पुगे । ”

२१ वर्षिय सचिन लाई पहिले गोलभेडा खेतिबाटै ब्यावसायिक कृषि सुरु गर्न मन लाग्यो । आफु र आफन्त सँगर रहेको चार रोपनीमा गोलभेडा खेति सुरु गर्न टनेल बनाए । उन्नत विउ झिकाए । सुरु भयो उनको आधुनिक कृषि । गत पुषबाट काम सुरु गरेका उनलाई स्थानीयले जागिर खान नसुझाएका पनि होइनन् । तर कृषकको छोरो अनि कृषि डिम्लोमा पढेर सिप सिकेकोले जागीर तिर आफ्नो ध्यान नगई नमुना कृषक बनेर केही गरेर देखाउनकालागि आफूले कृषि पेशा सुरु गरेको सचिनले बताए ।

गोलभेडा खेतिमा टनेल निर्माण मल विउ किटनाशक औषधि सहित हालसम्म करिब ९ लाख लगानी भइसकेको उनको भनाई छ । प्रोत्साहन स्वरुप वडाबाट २५ हजार आफूले सहयोग पाएको उनले बताए । तर प्रदेश तथा अन्य ठाउँबाट कृषककालागि आउने अनुदान पहुँचवाला गैह्र कृषकले मात्र पाउने गरेको उनको गुनासो छ ।

“अब उतपादन शुरु भएको छ । विक्रिकोलागि पनि समस्या देखिएकोे छन । यो वर्ष २० लाख जतिको गोलभेडा विक्री हुने अनुमान गरको छु ” सचिनले खुशिहुँदै भने “आगमी दिनमा खेती गर्ने जमिन थपी बेसिजनका तरकारी खेति गर्छु । यसैबाट आमदानी गरेर स्थानीय स्तरमै राम्रैसग काम गरे कमाउन अन्तजानु पर्दैन भन्ने सबैलाई देखाउन मन छ । ”

अहिलेको सचिनको काम गराईको तरिका देख्दा उनले कृषि डिप्लोमामा सिकेको ज्ञानलाई ब्यावहारमा उतारिरहेको देखिन्छ । पढेर जागिरनै खानुपर्छ भन्ने मान्यतालाई नकार्दै उनले पढाई लाई ब्यावहारमा उतारेका छन् । उनले गरेको कामबाट अब अरुले पनि सिक्न जरुरी रहेको स्थानीय रमेस चौंलागाईले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।