५ करोड ४५ लाखको लागतमा विद्यालय भवन निर्माण

 आवाज संवाददाता     १६ जेष्ठ २०७९, सोमबार

नवराज शिवाकोटी
जेठ,१५, दोलखा
भीमेश्वर नगरपालिका वडा नम्बर २ दोलखामा रहेको राजकुलेश्वर आधारभुत विद्यालय भवनको पूनर्निर्माण कार्य सम्पन्न भएको छ । दाताको ५ करोड ४५ लाख १६८ रुपैयाँ लगानीमा विद्यालय भवनको पूनर्निर्माण सम्पन्न भएको हो ।

हेल्प नेपाल नेटवर्क नामक गैह्र सरकारी संस्थाको लगानीमा भवन निर्माण सम्पन्न भएको राजकुलेश्वर अधारभूत विद्यालयका प्रधानअध्यापक प्रकाश दहालले जानकारी दिए । २०७२ सालमा भुकम्पले विद्यालय भवन ध्वस्त भएपछि विद्यार्थीरु टहरोमा अध्ययन गरिरहेका थिए । दाताको सहयोगका कारण अब भने विद्यार्थीहरुले अध्ययन गर्न सुविधा सम्पन्न भवन पाएको प्रधानाध्यापक दहालले बताए ।
भवन निर्माणको समन्वय स्थानीय राजहिटी समाज, दोलखा ले गरेको थियो भने मुख्य सहयोगीहरुमा रोटरी क्लव अफ पाटन दरवार स्क्वायर र नेप्लीज सोसाईटी अफ टेक्सास रहेका थिए । उपभोक्ताहरुबाटै विद्यालय भवनको निर्माण गरिएको थियो ।
नवनिर्मित भवनको आइतवार भीमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले उद्घाटन गरे । उदघाटनका अवसर मा मेयर मानन्धरले दाता तथा सहयोगीहरुलाई सहयोग गरेकोमा धन्यवाद दिँदै अवका दिनमा विद्यालयपरिवार शैक्षिक गुणस्तर सुधारमा केन्द्रित हुनु पर्नेमा जोड दिएका थिए ।
नवनिर्मित विद्यालय भवनमा एक बैठक कक्ष सहित २६ कोठाहरु रहेका छन् । भूइँतल्ला सहित तिन तल्ला रहेको भवन पुरातात्वीक शैली झल्कने गरि निर्माण गरिएकोले अभयपूर समेत भनीने दोलखा शहरको सौन्दर्य मा समेत बृद्धि भएको स्थानीयहरुको भनाई छ ।
विद्यालयमा बाल कक्षा देखि कक्षा आठ सम्म अध्ययन अद्यापन हुने गरेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।