नेपाल पत्रकार महासंघ दोलखा शाखाद्वारा रविन्द्र स्मृति सभाको आयोजना

 आवाज संवाददाता     १६ जेष्ठ २०७९, सोमबार

नवराज शिवाकोटी

जेष्ठ,१६,चरिकोट

नेपाल पत्रकार महासंघ दोलखा शाखाले दिवंगत पत्रकार रविन्द्र गौतमको स्मृतिमा रविन्द्र गौतम स्मृति सभा तथा बृक्षरोपण कार्यक्रमको आयोजनागरी उनको सम्झना गरेको छ । गौतमको देहान्त भएको एकवर्ष पुगेको दिन पारेर उनको सम्झनामा सोमबार महासंघले स्मृति सभा तथा बृक्षरोपण कार्यक्रमको आयोजना गरेको हो ।

प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा को प्रमुख आतिथ्यता तथा नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दिपशंकर चौलागाईं काे सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ दोलखाको भवन तथा गौरिशंकर सामुदायिक पुस्तकालय  भवन परिषरमा बृक्षरोपण गरिएको थियो ।

सोही अवसरमा दिवंगत पत्रकार रविन्द्र गौतमकी धर्म पत्नि भवानी गौतमले रविन्द्र स्मृति पुरस्कार तथा छात्रबृत्ति कोष स्थापना गर्ने घोषणा गरेकी थिईन् ।

नेपाल पत्रकार महासंघ   बाग्मती प्रदेश समितिका पूर्व सदस्य तथा जिल्ला कार्य समिति दोलखाका सदस्य समेत रहेका गौतमको अघिल्लो बर्ष कोरोना बाट जेठ १६ गते अल्पायुमानै निधन भएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।