विभिन्न अभियोगमा ५ जना पक्राऊ

 आवाज संवाददाता     २० भाद्र २०७३, सोमबार

जिल्ला प्रहरी कार्यालय दोलखाले विभिन्न अभियोगमा ४ जनालाई पक्राऊ गरेको छ । पक्रऊ गरेका चारै जनालाई थप अनुसन्धानका लागि थुनामा राखेको छ ।
प्रहरीले मोबाइल र नगद चोरीको अभियोगमा लापिलाङ–५ बस्ने बर्ष २३ को मनि कुमार थामीलाई खारे ३ बाट पक्राउ गरेको छ । प्रहरीका अनुसार बस्नेतले भी.न.पा.–१ चरिघ्याङ स्थित च्याङलमु शेर्पाको घरबाट कोही नभएको वखत पसी मोवाईल थान–१ र नगद एघार हजार चोरी गरेको अभियोग छ ।
प्रहरीले जुगु–८ बस्ने बर्ष ३० को नवराज बस्नेत र निजको कान्छी श्रीमती बर्ष २२ की निर्मला बस्नेत (के.सी) लाई बहुविवाह गरेको अभियोगमा पक्राउ गरेको छ । वहुविवाह सम्बन्धमा बस्नेतकी जेठी श्रीमती पार्वती बस्नेतले लिखित उजुरी दिएकी थिईन । निजहरलाई सोमबार पक्राउ गरी थुनामा राखी आवश्यक अनुसन्धान कारवाही प्रक्रिया अगाढी बढाईएको  जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोदकुमार सुनुवारले जानकारी दिए ।

शनिबार साँझ चरिकोटबाट किराँतीछाप तर्फ गईरहेको अरनिको सगरमाथा यातायातको बा.२ ख ९८०४ नं.को बसमा मापसे गरी झगडा गरेको अभियोगमा २ जनालाई पक्राउ गरेको छ । पक्राऊ पर्नेहरुमा भी.न.पा.–७ जिलु बस्ने बर्ष २२ को आर्यन शिवाकोटी र भी.न.पा.–८ माटी बस्ने बर्ष २८ को विनोद बस्नेत रहेका छन् । बसका यात्रु समेत रहेका उनीहरुले मापसे गरी सह–चालकसँग वादविवाद, झैझगडा गरी गाडीको ढोकाको सिसा समेत फोडी भागेको अभियोग रहेको उनले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।