दोलखा–नागदह सडकको स्तरोन्नति

 आवाज संवाददाता     २५ जेष्ठ २०७९, बुधबार

नवराज शिवाकोटी
जेठ २५
चरिकोट/भीेमेश्वर नगरपालिका वडा नम्बर २ मा रहेको दोलखा–नागदह सडको स्तरोन्नति गरिएको छ । भीमेश्वर नगरपालिकाको लगानीमा सो सडकको स्तरोन्नति गरिएको हो ।
३ करोड ४ लाख ८५ हजार रुपैयाँ (भ्याट बाहेक) कुल लागत रहेको सडक स्तरोन्नतिको काम १ करोड ७१ लाख ५८ हजार रुपैयाँ (भ्याट बाहेक) मा सम्पन्न गर्ने गरी मंशिर मसान्तमा सिएबी–नाति जेभीले ठेक्का सम्झौता गरेको थियो ।
जेभीले हाल सम्म सडक स्तरोन्नतिको काममा करिब ८० प्रतिशत भौतिक प्रगति भएको भीमेश्वर नगरपालिकाका इञ्जिनीयर रामजी थापाले जानकारी दिए । गुणस्तरियताकोलागि भीमेश्वर नगरपालिकाका प्राविधिकहरुले निरन्तर निरिक्षण गर्ने तथा सल्लाह दिनेकाम गरिरहेको उनको भनाई छ ।


ठेक्का सम्झौता गन्तर्गत जेभीले सोलिङ, ग्याविन जाली भर्ने, मेस्नरी, कटिङ, फिलिङ, ढलान, पिच तथा आरसीसी ड्रेन लगायतका काम हरु गर्नु पर्ने हुन्छ । हाल सम्म कटिङ, फिलिङ, ग्याविन जाली लगाउने तथा सोलिङ गर्नेकाम अन्तिम चरणमा पुगेको सिएबी–नाति जेभीका प्रतिनिधि श्याम गौतमले जानकारी दिए ।
यसैगरी स्तरोन्नतिको काम अन्तर्गत एकहजार मिटर आरसीसी ड्रेन निर्माणको काम सकिएको छ , भने ढलानकोलागि आवश्यक सामग्री साइटमा पुर्याउने काम जारी रहेको निर्माण कम्पनीले बताएको छ ।
हाल पिचको काम भइरहेको प्रतिनिधि गौतमको भनाई छ । अहिले ५५७ मिटर सडकमा प्रिमिक्स पिच हाल्ने काम भइरहेको निर्माण कम्पनीले बताएको छ । चालु आर्थिक वर्ष भित्रै काम सक्ने गरी काम भइरहेतापानि मौसमको कारण काममा समस्या भइरहेको प्रतिनिधि गौतमको भनाई छ । दोलखा–नगदह सडकको सरदर चौडाई ५ दशमलब ५ मिटर तथा कुल लम्वाई ८ किलोमिटर रहेको छ ।

 

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।