भीमेश्वर नगरपालिकाको बजेट ९० करोड ७० हजार

 आवाज संवाददाता     १० असार २०७९, शुक्रबार

नवराज शिवाकोटी
असार,१०, दोलखा
भीमेश्वर नगरपालिकाले आर्थिक वर्ष २०७९-८० को लागि ९० करोड ७० हजार को बजेट सार्वजनिक गरेको छ । शुक्रवार नगर सभाको बैठकमा भीमेश्वर नगरपालिकाकी उप-प्रमुख कमला बस्नेतले बजेट सार्वजनिक गरेकी हुन् ।


नगरसभामा प्रस्तुत गरेको बजेटमा आर्थिक विकासमा ६ करोड ६८ लाख, सामाजिक विकासमा ३५ करोड १५ लाख २३ हजार, भौतिक पूर्वाधार विकासमा ३४ करोड ३१ लाख २३ हजार, सुसासन तथा अन्तर सम्बन्धित क्षेत्रमा ३ करोड १ लाख ६२ हजार र कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रमा १० करोड ८४ लाख ६२ हजार विनियोजन गर्ने प्रस्ताव बजेट बक्तब्यमा गरिएको उपप्रमुख बस्नेतले जानकारी दिइन् ।
उक्त बजेटमा प्रतिशतका हिसावले आर्थिक विकासमा ७ दशमलब ४२, समाजिक विकासमा ३९ दशमलब ०६, भोैतिक पूर्वाधार विकासमा ३८ दशमलब १२, सुसाशन तथा अन्तरसम्बन्धित क्षेत्रमा ३ दशमलब ३५ प्रतिशत तथा कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रमा १२ दशमलब ०५ प्रतिशत विनियोजन गर्ने प्रस्ताव गरिएको उनको भनाई छ ।

विषय गत क्षेत्रका हिसावले कृषिमा २ करोड ८२ लाख ५० हजार , पशुविकासमा १ करोड ३५ लाख, सिंचाईमा ७० लाख ५० हजार, पर्यटनमा २ करोड ९२ लाख ७५ हजार तथा उद्योगड वाणिज्य र रोजगारीमा ३ करोड ६ लाख रकम विनियोजन गरिएको छ ।
यस्तै शिक्षा क्षेत्रको लागि २५ करोड ५१ लख १४ हजार,स्वास्थ्यमा ५ करोड७४ लाख ८३ हजार, खानेपानी सरसफाई मा १ करोड ३९ लाख ३० हजार, भाषा संस्कृति तथा ललितकाला संरक्षण् र प्रबर्धनमा २४ लाख, खेलकुद तथा मनोरञ्जनमा ७८ लाख ५ हजार र लैङ्गिक समानता तथा सामाजिक समोशीकरणमा १ करोड ५६ लाख ९१ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
यसैगरी सडक तथा पूलमा ९ करोड ७ लाख ६७ हजार, भवन तथा शहरी विकासकालागि २१ करोड ९३ लाख २१ हजार, उर्जा तथा जलविद्युत विकासकालागि १४ लाख, सूचना प्रविधि तथा संचारप्रविधिकालागि २८ लाख, संगठन तथा संस्थागत क्षमता विकास र सुशासनमा ९ लाख ५० हजार, नागरिक सन्तुष्टी सर्वेक्षण तथा सामाजिक उत्तरदायित्व तर्फ २१ लाख, न्यायमा पहुँच र समाजिक न्यायको क्षेत्रमा १२ लाख ६२ हजार, आयोजना अनुगमन तथा मूल्याङ्कनकालागि ५० लाख तथा कार्यालय ब्यवस्थापनकालागि १० करोड ८४ लाख ६२ हजार रुपैयाँ विनियोज गरेको बजेट बक्तब्यमा उल्लेख छ ।

 

बजेटमा चालु तर्फ ४८ करोड ४३ लाख ७० हजार रुपैयाँ, पूँजिगत तर्फ ४१ करोड ७ लाख तथा वित्त ब्यवस्थापन तर्फ ५० लाख विनियोजन गरिएको उप्रमुख बस्नेतले बताईन् । आर्थिक वर्ष २०७९-८० को लागि प्रस्तावित बजेटको ३ दशमलब ३७ प्रतिशत अर्थात ३ करोड ३ लाख ६० हजार रुपैयाँ आन्तरिक स्रोत परिचालनबाट प्राप्त हुने भीमेश्वर नगरको अनुमान छ । नगरसभाको अध्यक्षत नगरप्रमुख ईश्वर नारायण मानन्धरले गरेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।