मिर्गौला पीडित युवकले अस्पतालबाट हामफालेर आत्महत्या गरे

 आवाज संवाददाता     २१ भाद्र २०७३, मंगलवार

२१ भदौ, काठमाडौं । शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत एक मिर्गौला पीडितले झ्यालबाट हामफालेर आत्महत्या गरेका छन् ।

दोलखा मालु बस्ने १८ वर्षीय विजय खड्काले सोमबार राति अस्पतालको झ्यालबाट हामफालेर आत्महत्या गरेका हुन् ।

मिर्गौला फेल भई शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भई उपचार गराईरहेका खड्काले गएराति बिरामी वार्डको तीन तला माथि झ्यालबाट जमिनमा हामफालेका थिए ।

गम्भीर घाइते बनेका खड्काको सोही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यसैबीच गुल्मी अरगेनी-७ घर भई हाल ललितपुर गोटिखेल-३ स्थित महांकाल उच्च माध्यामिक बिद्यालय गोटिखेल स्कुलको घरमा बस्दै आएकी ३० वर्षीया रविना शर्मा सोमबार राति मृत अवस्थामा फेला परेकी छिन् ।

यसैगरी ललितपुर उपमहानगरपालिका-१५ दिपावली मार्गमा डेरा गरी बस्ने बारा इनरुवा-४ घर भएका ३८ वर्षीय ईमामुल अन्सारी सोमबार आफ्नै कोठामा सुतिरहेको स्थानमा मृत फेला परेका छन् ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

अनलाइन खवरबाट

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।