आखेटोपहार सहित एक पक्राउ

 आवाज संवाददाता     २१ भाद्र २०७३, मंगलवार

दोलखा/आखेटोपहार सहित प्रहरीले ताम्ेचतदुधपोखरीवाट एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखावाट खटिएर गएको प्रहरी टोलीले हिजो ताम्चेतदुधपोखरीका राजकुमार श्रेष्ठलाई पक्राउ गरेको थियो ।
जिल्लाको ताम्चेतदुधपोखरी गाविस ८, कल्लाबारी वस्ने वर्ष ३६ का राजकुमार श्रेष्ठले घरमा लुकाईछिपाई राखेको अवस्थामा मिर्गको सिङ एक थान, हरिणको सिङ एक थान र चितुवाको शरीरको विभिन्न भागको हड्डी ६० थान वरामद गरी निजलाई पक्राउ गरेको जनाएको छ । वरामद गरिएको सामानसहित थप अनुसन्धानको लागि जिल्लावन कार्यालय दोलखा पठाइएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोद सुनुवारले जानकारी दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।