भाद्र २२ ले खोजेको २२ वुंदा
आवाज संवाददाता २१ भाद्र २०७३, मंगलवार
हरेक वर्षको भाद्र २२ मा मनाईने निजामती सेवा दिवका दिन प्रत्येक निजामती कर्मचारीले निम्न २२ वुंदे कर्तव्य निर्वाह गर्ने प्रण गर्नुपर्दछ :
१. राजनीतिक नेतृत्वसंग सौहार्दता कायम गर्ने
२.राजनीतिक हडवड र गडवडभन्दा वाहिर वस्ने
३. जनताप्रति उत्तरदायी हुने
४. हुनसक्ने र कानूनी दायराभित्रको काम जोखिम लिएर पनि गर्ने
५. संघीयताका लागि क्षमता वृद्धि गर्ने
६. वफरजोनका रुपमा रहने
७. राम्रा तर नेतालाई अप्रिय लाग्ने सुझाव दिन अांट गर्ने
८. सेवाग्राहीलाई ध्यान दिने, कुरा सुन्ने, र खोजेको सेवा दिने सेवक हुने
९. परिवर्तित राजनीति अनुसार चल्ने
१०. विकासको गन्तव्यतर्फ अग्रसर, समर्पित र प्रयत्नशील हुने
११. सरकारको विरोधीप्रति पनि उत्तिकै वफादार हुने
१२. सदाचार, इमान्दार र निष्पक्ष हुने
१३. सेवा प्रवाहलाई सरल, सहज र गुणस्तरीय गराउने
१४. गुनासो सम्वोधनकर्ता हुने
१५. प्रणालीवद्ध र पारदर्शी हुने
१६. राज्यको चौथो वाहुका रुपमा काम गर्ने
१७. राजनीतिक तटस्थता कायम गर्ने
१८. निस्वार्थी र त्यागी हुने
१९. सार्वजनिक सम्पतिको संरक्षण र सदुपयोगको जिम्मेवारी लिने
२०. विविधिकरणको व्यबस्थापनमा अग्रसर हुने
२१. प्रविधिमैत्री हुने
२२. सेवाको साख संरक्षणमा संवेदनशील हुने
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।