दोलखामा निजामती सेवा दिवस मनाइयो, उत्कृष्ठ कर्मचारी पुरस्कृत

 आवाज संवाददाता     २२ भाद्र २०७३, बुधबार

दोलखा, २२ भदौ । “जनमैत्री र जवाफदेही प्रशासन, संघीयतामा सुशासन” भन्ने मूल नाराका साथ १३ औं निजामती दिवस मनाइएको छ ।
निजामती सेवा दिवसको अवसरमा जिल्लाको टुँडिखेलवाट सातदोवाटो हुँदै सिमपानी सामुदायिक भवनसम्म प्रभातफेरी गरिएको थियो । प्रमुख जिल्ला अधिकारी पुष्पराज शाहीको सभापतित्वमा भएको कार्यक्रममा जिल्लामा रहेर उत्कृष्ठ काम गर्ने कर्मचारीहरु तथा २०७२ बैसाख १२ गते गएको विनासकारी भूकम्पको समयमा उद्धार तथा राहतकार्यमा योगदान पुर्याउने कर्मचारीहरुलाई सम्मान गरिएको थियो । त्यसैगरी दिवसको अवसरमा जिल्लावाट प्रकाशित हुँदै आएको नवतरङ्ग साप्ताहिक पत्रिकालाई कदरपत्र प्रदान गरिएको थियो ।

????????????????????????????????????

कार्यक्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी पुष्पराज शाही, निमित्त स्थानीय विकास अधिकारी तथा प्रमुख जिल्ला इन्जिनियर निर्मल दर्शन आचार्य, दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आले, आधिकारीक ट्रेड युनियन दोलखाका उपाध्यक्ष अर्जुनप्रसाद काफ्ले, नेपाल निजामती कर्मचारी संगठन दोलखाका अध्यक्ष विमलकुमार श्रेष्ठ, नेपाल निजामती कर्मचारी युनियन आधिकारिकका अध्यक्ष हरिबहादुर खड्का, नेपाल राष्ट्रिय कर्मचारी संगठन दोलखाका अध्यक्ष जनक शिवाकोटी नापी कार्यालय दोलखाका प्रमुख रामकुमार बस्नेत लगायतले निजामती सेवाको विषयमा धारणा राखेका थिए ।

????????????????????????????????????

????????????????????????????????????

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF