करदाता सेवा कार्यालय चरिकोटको कर संकलनमा उत्साहजनक बृद्धि

 आवाज संवाददाता     २ श्रावण २०७९, सोमबार

नवराज
असार,२, चरिकोट
करदाता सेवा कार्यालय चरिकोटले आर्थिक वर्ष २०७८-७९ को कर संकलनमा उत्साहजनक सफलता हाँसिल गरेको छ । आर्र्थिक वर्ष २०७७-७८ को तुलनामा मा कार्यालयले आर्थिक वर्ष २०७८-७९ मा १२ करोड ९५ लाख ३२ हजार बढी राजश्व संकलन गरी उत्साहजनक सफलता हासिल गरेको हो ।
आर्थिक वर्ष २०७८-७९ मा करदाता सेवा कार्यालय चरिकोटले विभिन्न शीर्षकमा कुल ३३ करोड ४३ लाख ५३ हजार राजश्व संकलन गरेको कार्यालय प्रमुख गणेश बहादुर डाँगीले जानकारी दिए । आर्थिक वर्ष २०७८-७९ मा ३१ करोड ६९ लाख १७ हजार राजश्य संकलन गर्ने लक्ष्य कार्यालयको रहेकोमा लक्ष्य भन्दा बढी राजश्व संकलन भएको उनले बताए ।
आर्थिक वर्ष २०७७-७८ मा २० करोड ४८ लाख २१ हजार राजश्व संकलन भएको थियो । आब २०७७-७८ मा भन्दा आब २०७८-७९ मा १२ करोड ९५ लाख ३२ हजार बढी राजश्व संकलन भएको करदाता सेवा कार्यालय चरिकोटले बताएको छ ।
दोलखा जिल्लामा दर्ता भएका करदाताहरुले आन्तरिक राजश्व कार्यालय धुलिखेलबाट कर सम्बन्धि सेवा लिँदै आएकोमा २०७७ साल असोज ३० गते दोलखा सदरमुकाम चरिकोटमा करदाता सेवा कार्यालय खुलेको थियो ।
आब २०७८-७९ असार मसान्त सम्ममा करदाता सेवा कार्यालय चरिकोट अन्तर्गत १४७५३ स्थायी लेखा नम्बर प्यान मा दर्ता भएका छन् । जसमध्ये ९१४९ करदाता आयकरमा दर्ता रहेका छन् । यसैगरी ११०३ मुल्य अभिबृद्धिकर (भ्याट) मा दर्ता भई करोवार गरिरहेको कार्यालयको तथ्याङ्क छ । यस्तै ४४९ करदाता अन्तःशुल्क मा दर्ता भई कारोवार गरिरहेका छन् । ३९३८ जनाले ब्यक्तिगत स्थायी लेखा नम्बर लिएका तथा ९६ जना करदाताले डब्लु प्यान लिई कारोवार गरिरहेको कायाँलय प्रमुख डांगीले जानकारी दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।