गभर्नर महाप्रसाद अधिकारीको योग्यता नपुगेको भन्दै वाइसिएलले दियो अख्तियारमा उजुरी

 आवाज संवाददाता     ३ श्रावण २०७९, मंगलवार

असार,३
काठमाडौँ/ नेपाल राष्ट्र बैँकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यता नपुगेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिष्ट लिग (वाइसिएल) ले सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको हो ।
गभर्नर हुनका लागि कम्तीमा स्नातकोत्तर प्राप्त गरेको व्यक्ति हुनुपर्ने प्रावधान भए पनि गभर्नर अधिकारीले कुनै पनि विषयमा स्नातकोत्तर पास नगरेको वाइसिएल संयोजक सुमन अधिकारीले आयोगमा दर्ता गरेको उजुरीमा दावी गरिएको छ ।

गर्भनर अधिकारीले राष्ट्र बैंकमा पेश गरेको विवरणमा उनले सन् १९८९ मा नेपाल कमर्स क्याम्पसबाट स्नातक तह उर्तीण गरेको तथा भारतबाट सन् १९९३ मा ‘सीए’ सकेको उल्लेख छ ।

उजुरीमा सीए अध्ययनलाई स्नातकोत्तर नमानिने दावी गरिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।