श्रीलंकाको राष्ट्रपतिमा रनिल विक्रमासिंघे निर्वाचित
आवाज संवाददाता ४ श्रावण २०७९, बुधबार
साउन ४
काठमाडौं/ श्रीलंकाको राष्ट्रपति पदमा रनिल विक्रमासिंघे निर्वाचित भएका छन् । दलस अलापेरुमालाई पराजित गर्दै विक्रमासिंघले राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
विविसीका अनुसार कुल खसेको २ सय ३ मध्ये विक्रमासिंघे १ सय ३४ मत प्राप्त गरे भने दलसले ८२, तथा अनुरा कुमाराले ३ मत प्राप्त गरेका थिए । नयाँ राष्ट्रपतिका रूपमा विक्रमासिंघेको कार्यकाल सन् २०२४ को नोभेम्बर महिनासम्म रहनेछ ।
आर्थिक संकटको कारण लगातार विरोधको प्रदर्शनको कारण तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्ष देश छाडेर भागेपछि नयाँ राष्ट्रपति को निर्वाचन भएको हो ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।