पेट्रोलियम पदार्थको मूल्य घटेर आयो
आवाज संवाददाता १६ श्रावण २०७९, सोमबार
श्रावण १६
काठमाडाौं/पछिल्लो पटक भारतीय आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । आईओसीले मूल्य घटाएर पठाएको हो । अगष्ट १ तारिखमा आइओसीले पठाएको नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर १६ रुपैयाँ ८० पैसा र डिजेल तथा मट्टितेलमा समान प्रतिलिटर १२ रुपैयाँ ४५ पैसाले घटाएर पठाएको नेपाल आयाल निगम स्रोतले बताएको छ ।
पछिल्लो पटक पेट्रोलमा नै प्रतिलिटर १६ रुपैयाँ ७६ पैसाले मूल्य घटेर आएपछि अहिलेकै मूल्यमा बिक्री गर्ने हो भने निगमको घाटा पूर्ति हुने देखिएको छ । निगमका अनुसार डिजेल, मट्टितेल र खाना पकाउने एलपी ग्यासमा भने अझै निगमलाई घाटा रहेको छ ।
पछिल्लो पटक अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको कमीले इन्धनको मूल्य घटेर आएको बताईएको छ ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।