चीनको चेतावनीका बाबजुत अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवानमा
आवाज संवाददाता १८ श्रावण २०७९, बुधबार
श्रावण १८
एजेन्सी/ अमेरिकी सभामुख न्यान्सी पेलोसी ताइवान पुगेकी छन् । चीनको चेतावनीकाबीच बाबजुद उनी ताइवान पुगेकी हुन् ।
चीनको चर्को दबाबका बीच मलेसियाबाट फिलिपिन्सको आकास हुँदै घुमाउरो बाटो रोजेर उनी ताइवान उत्रिन सफल भएकी हुन् ।
१९९७ पछि उच्च अमेरिकी अधिकारीले गरेको यो पहिलो ताइवान भ्रमण हो ।
अमेरिकामा सभामुख राष्ट्रपतिको उत्तराधिकारीको सूचीमा दोस्रो नम्बरमा रहने गर्छन्। पेलोसीले बुधवार ताइवानकी राष्ट्रपति साइ यिङ वेनलाई भेट्ने बताइएको छ। पेलोसीको भ्रमणबाट आक्रोशित चीनले मंगलबार रातिदेखि नै ताइवानविरुद्ध फौजी कारबाहीको घोषणा गरेको छ ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।