संघ र प्रदेशको निर्वाचन मंसिर ४ मा गर्ने सरकारको निणर्य

 आवाज संवाददाता     १९ श्रावण २०७९, बिहीबार

श्रावण,१९
काठमाडौं /सरकारले प्रतिनिधि र प्रदेशसभाको निर्वाचन म्रशिर ४ गते गर्ने घोषण गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मंसिर ४ गते एकै चरणमा निर्वाचन गर्ने घोषणा गरेको हो ।
सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी मंसिर ४ गते निर्वाचन गर्ने सहमति भए अनुरुप सरकारले निर्वाचनको मिति घोषणा गरेको हो । सो कुराको जानकारी शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले जानकारी दिएका हुन् ।
सरकारले यस अघिनै प्रमुख प्रतिपक्षिदल , सभामुख लगायतसँग पनि सल्लाह गरिसकेको बताइएको छ ।

निर्वाचन मिति घोषणाको प्रमुख प्रतिपक्षिदलका नेता केपी ओलीले पनि अपेक्षित कुरा नै भएको भनी टिप्पणी गरेका छन् । तर निर्वाचन निश्पक्ष हुनु पर्नेमा उनको जोड छ ।
निर्वाचनको घोषणासँगै भोलीबाट मतदाता नामावली संकलन कार्य स्थगित हुने निर्वाचन आयोगले बताएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।