मतदाता नामावली संकलन आजदेखि स्थगित 

 आवाज संवाददाता     २० श्रावण २०७९, शुक्रबार

श्रावण,२०

काठमाडौं/मंसिर ४ गते सरकारले निर्वाचनको मिति घोषणा गरेसँगै निर्वाचन आयोगले आजदेखि मतदाता नामावली संकलन स्थगित गरेको छ । मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाका प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन आजैदेखि रोकिँदै छ ।

तर मतदाता नामावली संकलनका लागि अनलाइन फारम भरी औँठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिहरूको हकमा मिति २०७९ साउन २१ गतेसम्म औँठा छाप र फोटो लिने व्यवस्था मिलाइएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।