आइतवारबाट निलम्बित प्रधानन्यायाधिस चोलेन्द्र शम्शेरमाथिको महाअभियोगबारे संसद्‍मा छलफल हुने

 आवाज संवाददाता     २१ श्रावण २०७९, शनिबार

श्रावण,२१
काठमाडौं/आइतबारदेखि प्रतिनिधिसभामा सर्वोच्च अदालतका निलम्वित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथिको महाभियोगको प्रस्तावमाथि छलफल हुने भएको छ । आइतवार बस्ने प्रतिनिधि सभाको बैठकमा महाअभियोग वारे छलफल हुने भएको हो
कार्यसूचीको बुँदा नम्बर ४ मा सो कुरा उल्लेख छ ।
गत फागुन १९ गते संसदमा प्रधानन्यायाधीश राणामाथिको महाभियोग दर्ता भएपछि हाल उनी निलम्बनमा रहेका छन् । महाभियोगको प्रस्तावमाथिको छलफल अहिले सम्म अघिबढ्न सकेको छैन । लामो समयसम्म निलम्बित प्रधानन्यायाधिस माथिको महाअभियोग बारे छलफल नहुँदा आलोचना हुँदै आएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।