राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाद्वारा सक्रीय सदस्य सचेतना कार्यक्रमको आयोजना

 आवाज संवाददाता     २१ श्रावण २०७९, शनिबार

श्रावण,२१
चरिकोट/राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखा, प्रदेश क र ख को संयुक्त आयोजनामा सक्रीय सदस्य सचेतना कार्यक्रम संचालन गरिएको छ । शनिवार सदरमुकाम चरिकोटमा सचेतना कार्यक्रम संचालन गरिएको हो ।


राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रिय समितिको निणर्य अनुसार प्रदेश निर्वाचन क्षेत्र स्तरीय कार्यक्रमको संयुक्त रुपमा आयोजना गरिएको राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाका अध्यक्ष राजनबहादुर शिवाकोटीले जानकारी दिए । राप्रपाका केन्द्रीय सहायक महामन्त्री विजय खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहायक प्रबक्ता प्रविन थोकर, राप्रपा दोलखाका अध्यक्ष राजनबहादु शिवाकोटी सचिवहरु रामबहादुर तामाङ र दिपक कालिकोटे लगायतले पार्टीले लिएको नीति,सिद्धान्त तथा भावी रणनीति को वारेमा सहभागीहरुलाई जानकारी गराएको राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले बताएको छ ।


कार्यक्रममा हालै सम्पन्न स्थानीयतह निर्वाचनको समिक्षा गरिनुका साथै आसन्न संघिय तथा प्रदेश निर्वाचनमा पार्टीले अख्तियार गर्ने रणनीति वारेमा सहभागी अगुवा कार्यकर्ताहरुलाई प्रशिक्षण दिइएको बताइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाका उपाध्यक्ष विष्णु श्रेष्ठको सभापतित्वमा सम्पन्न प्रशिक्षण कार्यक्रममा ८५ अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


सोही भेलामा श्रावण २३,२८ र ३१ गते पार्टीको आयोजनामा विभिन्न कार्यक्रमहरु संचालन गर्ने निणर्य समेत गरेको राप्रपा दोलखाले बताएको छ ।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।