खोर्थली वनको रिचार्ज पोखरी फुट्दा मर्याङ खोलामा बाढी ,१० घरमा क्षति

 आवाज संवाददाता     २३ श्रावण २०७९, सोमबार

श्रावण, २३

चरिकोट/भीमेश्वर नगरपालिका वडानम्बर ६, खोर्थली सामुदायिक वनमा रहेको रिचार्ज पोखरी फुटेर आएको बाढीले १० भन्दा बढी घरमा क्षति पुर्‍याएको छ । आइतबार परेको अविरल वर्षासँगै माथिल्लो क्षेत्रको खोरथली सामुदायिक वनमा रहेको रिचार्ज पोखरी फुटेर मऱ्याङ खोलामा आएको बाढीका कारण घरहरुमा क्षति पुगेको हो ।
बाढीले भीमेश्वर नगरपालिका वडानम्बर २ र ३ का १० भन्दा बढी घरमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

रिचार्ज पोखरी फुटेर मऱ्याङ खोलाले कटान गरेपछि घरहरु जोखिममा परेका छन् बाढीले गरेको क्षतिको विस्तृत विवरण संकलन भैरहेको प्रहरीले जनाएको छ । बिगतमा आफूहरुले कम्जोर धरातलमा पोखरी नवनाउन सुझाव दिएपनि बेवास्ता गरिएका कारण आफूहरु विचल्लीमा परेको पिडितहरुको गुनासो छ । बाढा आएपछि आफूहरु घर छोडेर राति बाहिरै बसेको पिडितहरुले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।