चरिकोट खानेपानी तथा सरसफाई उभोक्ता समितिले बोलायो विशेष साधारण सभा
आवाज संवाददाता २४ श्रावण २०७९, मंगलवार
नवराज शिवाकोटी
श्रावण,२४,
चरिकोट/चरिकोट खानेपानी तथा सरसफाई उपभोक्ता समितिले विशेष साधारण सभाबोलाउने भएको छ । उपभोक्ता समितिका आठसय बढी सदस्यले विशेष साधारण सभा बोलाउन निवेदन दिएपछि समितिले विशेष साधारण सभा बोलाउने भएको हो ।
परमपरागत रुपमा चरिकोटका पन्ध्रसय बढी घरधुरीलाई खाने पानी उपलब्ध गराउँदै आएको चरिकोट खानेपानी तथा सरसफाई उपभोक्ता समितिका आठ सय बढी सदस्यले तत्काल विशेष साधारण सभा बालाउन अग्रह गर्दै निवेदन दिएकोले भदौ ४ गते विशेष साधारण सभा बोलाउने निर्णय भएको समितिका अध्यक्ष बद्री कुमार श्रेष्ठले जानकारी दिए ।
साना शहरी आयोजनाले परमपरागत रुपमा चरिकोटमा खानेपानी उपलब्ध गराई रहेको चरिकोट खानेपानी आयोजनाका संरचनाहरु कब्जा गर्ने निती लिएकोले त्यसको विरोध गर्दै चरिकोट खानेपानी तथा सरसफाई उपभोक्ता समिति बचाउनकालागि विशेष साधारण सभाको माग गर्दै आठसय बढी उपभोक्ताले केही समय अघि समिति समक्ष निवदेन दिएका थिए ।
चरिकोट खानेपानी तथा सरसफाई उपभोक्ता समितिको दशौं साधारण सभाबाट निणर्य गरी सानाशहरी आयोजना संचालन गर्न गठित चरिकोट खानेपानी तथा सरसफाई संस्थालाई समिति अन्तर्गतका वडारे बाहेकका मुहानहरु तथा संरचना हस्तान्तरण गर्ने निर्णय भएको दावी गरिएपनि दशौं साधारणसभामा सदस्यहरुको हस्ताक्षरको दुरुपयोग गरिएको उपभोक्ताहरुको दावी छ । साधारण सभामा हस्ताक्षर संकलन मात्र गरी पछि माइन्युट गरीएको उनीहरुको भनाई रहेको छ ।
२०७३ साल माघ २९ गते भएको दशौं साधारण सभाको माइन्युटमा ४२९ जनाको हस्ताक्षर पछि १५ पाना खाली राखी सोह्रौं पानाबाट प्रस्ताव तथा निर्णयहरू लेखिएकोले उपभोक्ताहरुको हस्ताक्षर दुरुपयोग गरिएको स्पष्ट भएको खानेपानी उपभोक्ता श्याम कायस्थले बताए । सामान्यतः साधारण सभाको माइन्युट उठाउँदा उपस्थिति सकिएपछि माइन्युटमा प्रस्तावहरु लेख्ने आम चलन रहेको छ । अब वस्ने विशेष साधारण सभाले चरिकोट खानेपानी उपभोक्ता समिति बचाउने सम्बन्धमा ठोस निणर्य गर्ने तथा आवश्यक परे कानुनी प्रकृयामा जाने समेत निणर्य गर्न आवश्यक रहेको नागरिक अभियन्ता चिरञ्जिवी मास्केले बताए ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।