राप्रपा दोलखाद्वारा युवा मोर्चाद्वारा आयोजित विरोध प्रदर्शनमा गरिएको प्रहरी दमनको भत्सना

 आवाज संवाददाता     २१ भाद्र २०७९, मंगलवार

भाद्र,२१
चरिकोट/राप्रपा दोलखाले मंगलवार प्रेस विज्ञप्ति प्रकाशित गरी आफ्ना कार्यकर्ताहरुले सोमबार गरेको विरोध प्रदर्शनमा प्रहरी गरेको लाठि चार्जको भत्सना गरेको छ । भ्रष्टाचार, महंगी, नागरिकता विधेयक फिर्ता लिनु पर्ने माग गर्दै राप्रपा निकट राष्टिय युवा मोर्चा ले सोमबार बेलुका निकालेको राँके जुलुसमा प्रहरीले हस्तक्षेप गरी लाठी चार्ज गरेकोमा राप्रपा दोलखाले प्रशासनको उक्त कदमको भत्सना गरेको हो ।
विगतमा भएका यस्तै खालका विरोध प्रदर्शनमा अन्य दलका कार्यकर्ताको संरक्षण गरेका तर युवा मोर्चाले गरेको प्रदर्शनमा प्रहरीले अनावश्यक बल प्रयोग गरी आफ्ना कार्यकर्ताहरुलाई घाइते बनाएको राप्रपाको आरोप छ । साथै जिल्ला प्रहरी नेतृत्वको सरुवा गर्न पनि राप्रपा दोलखाका प्रबक्ता भानुभक्त शिवाकोटीद्वारा हस्ताक्षरित विज्ञप्तिमा माग गरिएको छ ।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।