बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधन

 आवाज संवाददाता     २४ भाद्र २०७९, शुक्रबार

एजेन्सी
लण्डन/बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएको छ । बिहीवार उनको निधन भएको हो । उनी केही दिनदेखि स्कटल्याण्डस्थित बाल्मोरल क्यासलमा बसेकी थिइन् । त्यहीँ चिकित्सकको रेखदेखमा उनको निधन भएको हो ।
प्रत्येक गर्मीमा महारानी त्यहाँ जाने गर्थिन् ।
गत वर्षदेखि नै उनको स्वास्थ्यमा समस्या देखिएको थियो। गत माघमा उनी कोभिड-१९ संक्रमित भएकी थिइन्। खराब स्वास्थ्यका कारण उनी आराम गरिरहेकी थिइन्।

महारानी एलिजाबेथ द्वितीयाले कन्जरभेटिभ पार्टीकी नेता लिज ट्रसलाई मंगलवार औपचारिक रूपमा बेलायतकी नयाँ प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

महारानीको निधनपछि १५ देशका सरकारलाई उनको मृत्युको जानकारी दिइएको छ । क्यानडा अष्ट्रेलिया लगायत १५ देशमा उनी राष्ट्राध्यक्ष थिइन् ।

उलिजावेथले बेलायतका १५ जना प्रधानमन्त्रीलाई शपथ दिलाएकी थिइन् । उनले करिब ७० वर्षसम्म बेलायतमा शासन गरिन् । गत वर्ष अप्रिलमा उनका पति प्रिन्स फिलिपको निधन भएको थियो ।

यसैविच महारानीको निधन पछि उनका पुत्र ७३ वर्षीय चार्ल्स बेलायतका राजा बनेका छन् । महारानी एलिजाबेथ द्वितीय र प्रिन्स फिलिपको जेठो छोराको रूपमा ब्रिटिश सिंहासनको उनी उत्तराधिकारी थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।