शैलुङ गाउँपालिका ५ मा गोल्मा राजा ,रानीको मूर्ति स्थापना

 आवाज संवाददाता     २८ भाद्र २०७९, मंगलवार

भाद्र,२८
चरीकोट/शैलुङ गाउँपालीका वडानम्बर ५ ,गोल्मा डाँडामा  गोल्मा राजा रानीको मुर्ति स्थापना गरिएको छ । घिभिजन वन कार्यलय मार्फत प्राप्त अनुदानबाट सो मुर्ति स्थापना गएिको हो ।
डिभिजन वन कार्यालयबाट सामाजिक विकास मन्त्रालय हेटौँडा मार्फत आएको ३० लाखमध्ये १५ लाख ४४ हजार रुपियाँमा यो मूर्ति स्थापना गरिएको उपभोक्ता समिति अध्यक्ष नवराज कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार १५ लाख ४४ हजार रुपियाँ भुक्तानी भएको छ भने बाँकी रकम फिर्ता गएकाले परिसरमा घेराबार गर्न सकिएको छैन ।
परिसरमा रहेको गोल्माराजा रानीको मन्दिरमा स्थानीय गुठियार दुलाल बाहुनले पूजाआजा गर्ने गरेका छन् । गुठीका नाममा दुई सय रोपनी खेत रहेको छ । गुठियारएवं शैलुङ गाउँपालिकाका पूर्व अध्यक्ष भरतप्रसाद दुलालका अनुसार बिक्रम सम्वत १७०० तिरको अलि नबुझिने कागजमा २५ घरधुरी दुलालले दुई सय रोपनी खेत प्रयोग गरेबापत पूजाआजा गर्ने भनी लेखिएको छ । नापी हुँदा फिल्ड बुकमा गुठी जनाएर २५ जनाको नाम लेखिएको छ ।
गोल्मा राजा गोल्मा रानीको सन्तान नभएपछि राज्य टुटेकाले यी दुलाल बाहुनलाई गुठियार बनाई पूजाआजा सञ्चालन हुँदै आएको बताइन्छ । मन्दिर परिसरमा दरबार रहेको भग्नावशेषहरु रहेको स्थानीयहरुको भनाई छ । सरकारले सो ठाउँमा पुरातात्वीक खोज गर्न आवश्यक रहेको स्थानीयहरुले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।