शिक्षक सेवा आयोगले लिएको निमावि लाइसेन्स परीक्षामा अठार प्रतिशत मात्र उत्तिर्ण

 आवाज संवाददाता     ३० भाद्र २०७९, बिहीबार

भाद्र,३०
नवराज
चरिकोट/शिक्षक सेवा आयोगले लिएको निमावि लाइसेन्सको परीक्षामा अठार प्रतिशत मात्र परीक्षार्थी उत्तिर्ण भएको पाइएको छ । श्रावण २८ गते आयोगले लिएको परीक्षाको नतिजा प्रकाशन हुँदा उक्त नतिजा पाइएको हो ।
आयोगद्वारा भाद्र २९ गते प्रकाशित नतिजा अनुसार परीक्षमा संलग्न कुल १ लाख ८१ हजार ५ सय उनानसत्तरी परीक्षार्थीहरु मध्ये ३३ हजार एकसय तेत्तिस परीक्षार्थीमा उत्तिर्ण भएको शिक्षक सेवा आयोग,सानो ठिमीले बताएको छ । जुन कुलपरीक्षार्थीको १८ दशमलब २६ प्रतिशत मात्र हुन आउँछ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।