ऐतिहासिक ढुङ्गे धारा राइतिको जिर्णोद्वार सम्पन्न

 आवाज संवाददाता     १ आश्विन २०७९, शनिबार

नवराज शिवाकोटी
असोज,१
चरिकोट/प्राचिन ऐतिहासिक नगरी दोलखामा रहेको ऐतिहासिक ढुंगेधारा राइतिको ऐतिहासिक ढुङ्गे धारा राइतिको जिर्णोद्वार सम्पन्नसम्पन्न भएको छ । बाग्मती प्रदेश सरकारको अनुदान तथा स्थानीय सहभागितामा ऐतिहासिक ढुंगेधाराको जिर्णोद्वार सम्पन्न भएको हो ।
बाग्मती सरकार खानेपानी, उर्जा तथा सिंचाइ मन्त्रालय अन्तर्गतको खानेपानी महाशाखा मार्फत प्राप्त ५० लाख तथा स्थानीयबाट ५ लाख श्रम सहित ५५ लाखमा जिर्णोद्वारको काम सम्पन्न भएको खानेपानी उपभोक्ता तथा सरसफाई समिति, भीनपा २, दोलखाका अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए । जिर्णोद्वारको काम खानेपानी उपभोक्ता तथा सरसफाई समिति, भीनपा २ ले गरेको उनको भनाई छ ।
किराँत कालमा स्थापना गरिएको मानिने राइतिको दीर्घकालिन संरक्षणकालागि खानेपानी उपभोक्ता तथा सरसफाई समिति, भीनपा २, दोलखाले प्राचिन ढुंगेधारा संरक्षण समिति गठन गरी नियमित सरसफाई र संरक्षणकालागि २ लाख ५० हजार रुपैयाँको अक्षय कोषको समेत ब्यवस्था गरेको अध्यक्ष श्रेष्ठको भनाई छ ।
राइतिमा रहेका तिन धारा मध्ये विचमा ठूलो धारा रहेको छ भने दुईवटा धारा मकर आकारका रहेका छन् । धाराको विभिन्न भागहरुमा बराह, हनुमान, कृष्ण, नरसिंह नारायणका प्राचिन मुर्तिहरु रहेका छन् । सरस्वतीको मुर्ति भने हराएकोले नयाँ निर्माण गरिएको छ । साथै झिंगटीले छाएको एक आकर्षक पाटी पनि पुरातात्विक शैलीमा निर्माण गरिएको छ ।
राईतिमा रहेका प्राचिन मुर्तिहरु हेर्दा यी किराँत कालिन मुर्ति रहेको भन्न सकिने दोलखाको इतिहासका जानकार तिर्थ नारायण जोशीको भनाई छ । मल्ल कालमा राजाहरुले स्नानगर्ने भएकोले यसलाई राजहिटी समेत भनिने गरेको जोशीको भनाई छ । तत्कालिन दोलखा राज्य रहँदा राइति नजिकै रानीमहल समेत रहेको उनले बताए । रानीमहल समय कालखण्डसँगै ध्वस्त भएको जोशीले बताए । दोलखाका महत्वपूणर् चाडपर्बहरुमा राईतिको पानी नै प्रयोग गर्नु पर्ने सांस्कृतिक मान्यता रहि आएको छ ।
राइतिको जिणर्ोद्वार पछि अब दोलखामा रहेका अन्य ऐतिहासिक ढुङ्गे धाराहरुको पनि जिर्णोद्वारको काम शुरु भएको दोलखाका समाजिक अगुवा अनिल श्रेष्ठको भनाई छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।