लायन्स क्लव अफ काठमाण्डौं निर्वानाका पूर्वअध्यक्षहरु सम्मानित

 आवाज संवाददाता     २ आश्विन २०७९, आईतवार

असोज,२

काठमाण्डौं/लायन्स क्लव अफ काठमाण्डौं निर्वानाका पूर्व अध्यक्षहरु सम्मानित भएका छन् । क्लवको शनिवार सम्पन्न एक विशेष समारोहमा सामाजिक क्षेत्रमा पुर्याएको योगदानका लागि उनीहरुलाई सम्मान गरिएको हो । सम्मानित हुने पूर्व अध्यक्षहरुमा आदर्शनारायण प्रधान, कुलराज थापा, ज्योतिकुमार श्रेष्ठ, रुपा न्यौपाने, अभिषेक अग्रवाल, अरुणकुमार क्षेत्री,मीननाथ न्यौपाने र हरि खड्का रहेका छन् । कार्यक्रममा लायन्स क्लव अफ काठमाण्डौं निर्वानाका संस्थापक अध्यक्ष भोजराज न्यौपानेले आफ्ना पूर्व अध्यक्षहरुको सम्मान कार्यक्रमको आयोजना गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथि फस्ट भाइस डिष्ट्रिक्ट गभर्नर आर.एस.महतोले लायन्स क्लव अफ काठमाण्डौं निर्वानाले सामाजिक क्षेत्रमा अरुको भन्दा फरक रुपमा सेवा गरिरहेको बताउनु भयो । कार्यक्रममा बलराम श्रेष्ठ, विरेन्द्रबहादुर थपलिया, गौतमराज वाग्ले,श्रीधर भण्डारी र विनोदचन्द्र भट्टराईले आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।