राष्ट्रपतिको कदमले लोकतन्त्रमाथि कालो बादल छाएको पूर्व राष्ट्रपति यादवको टिप्पणी

 आवाज संवाददाता     ५ आश्विन २०७९, बुधबार

५ असोज,
जनकपुरधाम/पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रपति विद्यादेवी भण्डारीको कदमले लोकतन्त्रमाथि कालो बादल छाएको टिप्पणी गरेका छन् ।
बुधबार जनकपुरधामस्थित सरस्वती माध्यमिक विद्यालयको भवनको पुनर्निर्माणको भूमिपुजन गर्दै पूर्व राष्ट्रपति यादवले उक्त टिप्पणी गरेका हुन् ।
उनले प्रतिगमनको अवस्था आउन सक्ने भएकाले सचेत रहन सबैलाई आग्रह समेत गरेका थिए ।
दुई पटक सदनबाट पास भएको नागरिकता विधेयकलाई राष्ट्रपतिले राष्ट्रपति संस्थाको मर्यादा, गरिमा, कर्तव्य बुझेर काम गर्नुपर्ने मा संविधानको उलंघनकै गरेको उनको भनाई थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।