भीेमेश्वर नगरको मुख्य बजारक्षेत्रमा स्मार्ट सडक बत्ति जडान

 आवाज संवाददाता     १४ आश्विन २०७९, शुक्रबार

नवराज शिवाकोटी
असोज,१४
चरिकोट/भीमेश्वर नगरपालिकाको मुख्य शहरी क्षेत्रमा स्मार्ट सडक बत्ति जडान कार्य सम्पन्न भएको छ । भीमेश्वर नगरपालिका तथा नेपाल विद्युत प्राधिकरणको संयुक्त लगानीमा नगरपालिकाको मुख्य शहरी क्षेत्रमा स्मार्ट सडक बत्ति जडान कार्य सम्पन्न भएको हो ।

मंगलवार साँझ भीमेश्वर नगरका मेयर ईश्वर नारायण मानन्धरले स्मार्ट सडक बत्तिको उद्घाटन गरेका हुन् ।

ठेक्का कबोल अंकको ६० प्रतिशत भीमेश्वर नगरपालिका तथा ४० प्रतिशत नेपाल विद्युत प्राधिकरणको लगानी मा नगरपालिकाको मुख्य शहरी क्षेत्र चरिकोटका विभिन्न भागमा स्मार्ट सडक बत्ति जडान गर्न गरिएको भीमेश्वर नगरपालिकाका ईञ्जिनीयर सुरेस राउतले जानकारी दिए । स्मार्ट लाईट जडान गर्न भीमेश्वर नगरपालिकाले ५० लाख तथा नेपाल विद्युत प्राधिकरणले ३३ लाख ३३ हजार रकम ब्यहोरेको ईञ्जिनीयर राउतको भनाई छ ।
नगरपालिकाको मुख्य बजार क्षेत्र चरिकोटको सिमपानी मानेडाँडा, चरिध्याङ, विचबजार, पुरानो बजार, ध्यावपानी, सातडोबाटे लगायतका क्षेत्रका सडकमा स्मार्ट बत्ति जडान भएको छ । करिब चार किलोमिटर सडकमा स्मार्ट सडक बत्ति जडान गर्नकालागि ४४ वटा पोलहरु गाडिएको भीमेश्वर नगरपालिकाका ले बताएको छ । ७५ स्थानमा २०० वाटका बत्तिहरु जडान गरिएको छ । सातडोबाटे चोक तथा पशुपति मन्दिर आसपासमा भने १६ मिटर अग्लो पोलमा हाइमास लाईट जडान गरिएको छ । उक्त दुई स्थानमा २०० वाटका आठवटा एलइडि बत्ति विभिन्न दिशातर्फ फर्काई राखिएको छ ।
बजार क्षेत्रभरी जडान गरिएका बत्तिहरुको नियन्त्रण गर्ने प्रणाली भने भीमेश्वर नगरपालिका तथा नेपाल विद्युृत प्राधिकरण दोलखा शाखामा जडान गरिने छ । नियन्त्रण प्रणाली बाटै बत्ति बाल्ने तथा निभाउने सम्पूणर् कार्य हुने भीमेश्वर नगरपालिकाले बताएको छ । स्मार्ट बत्ति जडान पछि बजार क्षेत्रमा राति हिँडडुल गर्न सहज हुनाका साथै बजारमा हुनसक्ने चोरी, तथा अन्य अपराध जन्य घटनाहरुमा पनि कमिआउने नगरको आशा छ ।
बस्ती नभएका ठाउँहरुमा बत्ति भएको तर अप्ठ्यारा गल्छि रहेका ठाउँमा बत्तिराख्न भन्दा आफूहरुको मागको सुनुवाई नभएको स्थानीय मानेडाँडा टोलका बासिन्दाको गुनासो छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।