अमानसियो ओर्टेगा विश्वका धनी बने, विल गेट्सको भन्दा १ अर्ब डलर बढी सम्पति

 आवाज संवाददाता     २५ भाद्र २०७३, शनिबार
माइक्रोसफ्ट कम्पनीका संस्थापक बिल गेट्सलाई विश्वकै धनी व्यक्तिको सूचीमा फेसन किङ अमानसियो ओर्टेगाले उछिनेका छन्। जारा फेसन हाउसका संस्थापक ओर्टेगा गेट्सलाई पछि छोड्दै विश्वकै सबैभन्दा धनी व्यक्ति बन्न पुगेका हुन्।
फोब्र्स पत्रिकाले सार्वजनिक गरेको सूचीमा स्पेनका ओर्टेगासँग ७९ दशमलव ५ अर्ब डलर सम्पत्ति छ। जब कि बिल गेट्ससँग ७८ दशमलव ५ अर्ब डलरको सम्पत्ति भएको बताइएको छ। ओर्टेगाको उमेर ८० वर्ष छ। उनी निकट भविस्यमा नै आफ्नो सम्पूर्ण व्यवसायिक जिम्मेवारी मार्तालाई सुम्पिने योजनामा छन्।
फोब्र्सको रिपोर्टअनुसार ओर्टेगा बुधबार नै विश्वको सबैभन्दा धनी व्यक्ति बनिसकेका थिए, जब इन्डीटेक्सको सेयर २ दशमलव ५ प्रतिशत भएको थियो। ओर्टेगाको सम्पत्ति अमेरिकी निवेशक वारेन बफेट र अमेजोनका संस्थापक जेफ बेजोसभन्दा धेरै माथि छ।
ओर्टेगा पहिलो पल्ट धनी व्यक्तिको सूचीमा माथि चढेका होइनन्। गत अक्टुबरमा माइक्रोसफ्टको सेयर उकासिनुअघि उनी बिल गेट्सभन्दा माथि नै थिए। धनी व्यक्तिको सूचीमा बफेट तेस्रो स्थानमा छन्। जेफ बेजोस चौथो, फेसबुकका संस्थापक मार्क जकरबर्ग पाँचौ स्थानमा छन्।
माइकल ब्लुमबर्ग छैटौं, ल्यारी एलिसन सातौं, मेक्सिकोका कार्लोस स्लिम हेलु आठौं, अमेरिकाकै चाल्र्स कोच नवौं स्थानमा रहेका छन्।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।