राप्रपाले सुरु गर्यो चुनाव प्रचार अभियान

 आवाज संवाददाता     १९ कार्तिक २०७९, शनिबार

चरिकोट/राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाच प्रचार अभियान सुरु गरेको छ । निर्वाचन आयोगले प्रचार अभियान सुरु गर्न तोकेकै मिति देखि राप्रपाले चुनवा प्रचार अभियान सुरु गरेको हो ।
सदरमुकाम चरिकोट लगायत जिल्लाका विभिन्न स्थानहरुबाट राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले निर्वाचन प्रचार प्रसार सुरु गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाका अध्यक्ष राजनबहादुर शिवाकोटीले जानकारी दिए ।
यस अघि जिल्लाका विभिन्न स्थानमा भेटघाट कार्यक्रम गरिरहेको राप्रपाले विहिवार बाट भने औपचारिक रुपमा प्रचार अभियानको सुरुवात गरेको उनकोे भनाई छ ।

हिन्दु राष्ट्र तथा राजतन्त्र पूनःस्थापनाको मुख्य एजेन्डा सहित निर्वाचनमा होमिएको राप्रपाले प्रतिनिधि सभामा केन्द्रीय सहायक महामन्त्री विजय खड्का लाई उमेदवार बनाएको छ । यसैगरी प्रदेश सभातर्फ क्षेत्र नम्बर एकमा रामबहादुर तामाङ (पेमा) तथा प्रदेश नम्बर दुईमा जिल्ला अध्यक्ष राजनबहादुर शिवाकोटीलाई उमेद्वार बनाएको छ ।
राप्रपाका एजेन्डामा जनताहरुको समर्थन बढ्दै गएकोले यो पटकको निर्वाचनमा दोलखामा राप्रपाले राम्रो प्रदर्शन गर्र्ने राप्रपा दोलखाको दावी छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।