पूर्व युवराज पारस शाह दोलखामा
आवाज संवाददाता २१ मंसिर २०७९, बुधबार
चरिकोट/पूर्व युवराज पारस शाह दोलखा भ्रमणमा रहेका छन् । आफ्नो निजि भ्रमणको सिलसिलामा उनी बुधवार साँझ दोलखा आएका हुन् ।
बुधवार साँझ सदरमुकाम चरिकोट आइपुग्दा राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाका अध्यक्ष राजन बहादुर शिवाकोटी लगायत राप्रपा दोखलाका पदाधिकारी तथा कार्यकर्ताहरुले उनलाई स्थानीय सातदोवाटो चोकमा पुष्प गुच्छाले स्वागत गरेका थिए । निजि भ्रमणको सिलसिलामा जिरी जाने क्रममा रहेका शाहलाई राप्रपा दोलखाका नेता कार्यकर्ताले स्वागत गरेका हुन् । दोलखा भ्रमणमा आएका शाह केही दिन दोलखा रहने राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखाले जानकारी दिएको छ ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।