कार्यप्रकृति अनुरुप संक्षिप्त सूचना बोर्ड कम्पाउन्डमा
आवाज संवाददाता २२ मंसिर २०७९, बिहीबार
नवराज शिवाकोटी
चरिकोट/डिभिजन वन कार्यालय दोलखाले आफ्नो कार्य प्रकृति अनुसारका सूचना बोर्डहरु आफ्नो कम्पाउन्डमा राखेको छ । कार्यलायले रंगरोगन शीर्षकमा आएको बजेटबाट सडक बाट देखिने कम्पाउन्ड क्षेत्रमा संक्षिप्त सूचनाबोर्ड राखेको हो ।
वन कार्यलयको कार्यप्रकृति नैं वन तथा वन्य जन्तु संरक्षणसँग सम्बन्धित भएकोले कार्यालयको कम्पाउन्डमा वन र वन्यजन्तुसँग सम्बन्धित संक्षिप्त सूचनामुलक बोर्ड राखिएको डिभिजन वन कार्यालय दोलखाका प्रमुख थिरबहादुर कार्कीले बताउनु भयो । संक्षिप्त सूचना बोर्ड वन तथा बन्यजन्तुसम्बन्धि चासो राख्नेहरुलाई अध्ययनकालागि समेत उपयोगीहुने भएकोले राखिएको उहाँको भनाई छ ।
डिभिजन वन कार्यालय दोलखाको कम्पाउन्डमा यस्ता संक्षिप्त जानकारी मुलक बोर्ड राख्नाले कार्यालयको सौन्दर्य बृद्धि हुनाका साथै महत्वपूणर् जनावर तथा दुर्लभ बोट विरुवाहरुको परिचय समेत पाउन सम्भव भएको कार्यालय निकट रहेको पशुपतिकन्या मन्दिर माविका शिक्षक दुर्गाप्रसाद दहालले बताउनु भयो । वातावरण विज्ञानको अध्ययन गरी रहेका आफ्नो विद्यालयका विद्यार्थीहरुका लागि ति सूचनामुलक बोर्डहरु उपयोगी रहेको उहाँको भनाई छ ।
कम्पान्डमा हिमचितुवा, झारल, चिराईतो लगायतका महत्वपुणर् जनावर तथा जडिबुटीहरुको रंगिन तस्विर, तिनीहरुको बैज्ञानिक नाम, तिनीहरुको पा्रकृतिक वासस्थान, तिनीहरु हुर्कनकालागि आवश्यक हावापानी लगायतका जानकारीहरु संक्षिप्त जानकारी सूचनापाटीमा राखिएको छ । सडकसँग जोडिएको कम्पाउन्डमा राखिएका ति जानकारी मुलक संक्षिप्त सूचना पाटीहरु बटुवाहरुले समेत निक्कै चाख मानेर हेर्ने गरेको पाईएको कार्यालय निकट सोवास गरिरहेका स्थानीयहरुको भनाई छ।
कार्यालयले आधुनिक नर्सरीको पनि कम्पाउन्ड भित्रै ब्यवस्था गरेको छ । कार्यालयले स्थापना गरेको नर्सरीमा देवदार, टाँकी, रिट्ठो, निवारो लगायतका विरुवा बृक्षरोपणको लागि हुर्काइँदै गरेको डिभिजन प्रमुख कार्कीको भनाई छ ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।