अन्तर्क्रिया कार्यक्रमको आयोजना

 आवाज संवाददाता     २६ मंसिर २०७९, सोमबार

चरिकोट /सदरमुकाम चरिकोटमा ७४ ओैं मानवाधिकार दिवस शैक्षिक अन्तरक्रिया कार्यक्रम गरि मनाइएको छ । एनसीई नेपाल जिल्ला समन्वय समिति दोलखाको आयोजनामा सोमबार शैक्षिक अन्तरक्रिया गरि मानवाधिकार दिवस मनाइएको हो ।
कार्यक्रममा ” शिक्षा अधिकारः मानव अधिकार ” विषयमा कुटिडाँडा माध्यमिक विद्यालयका प्रधानाध्यापक शंकरलाल श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्य पत्र प्रस्तुत गर्दै श्रेष्ठले शिक्षामा लगानी बढाई वालमैत्री तथा प्रविधि मैत्री शिक्षा दिन आवश्यक रहेको बताए । शिक्षक नियुक्ति पारदर्षी बनाई निरन्तर अनुगमन तथा कक्षा अवलोकन गर्न आवश्यक रहेकोमा उनको जोड थियो । शैक्षिक गुणस्तर बृद्दीकालागि कार्य पत्रमा विभिन्न सुझाव प्रस्तुत गरिएको थियो ।
कार्यपत्रमाथि टिप्पणी गर्दै सार्वजनिक शिक्षाको गुणस्तर कायम गर्न सबैपक्षकाे भुमिका हुनु पर्नेमा सहभागीहरूले जोड दिएका थिए । कार्यक्रमका प्रमुख अतिथी भिमेश्वर नगरपालिकाका मेयर ईश्वर नारायण मानन्धरले भीमेश्वर नगर शिक्षाको विकासकालागि आफ्नो दायित्व पूरा गर्न प्रतिबद्द भएर लागिरहेको बताए ।
अन्तरक्रिया कार्यक्रमको अध्यक्षता एनसीई नेपाल जिल्ला समन्वय समितिका अध्यक्ष उद्दव पोखरेलको सभापतित्वमा सम्पन्न भएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।