काभ्रेको बेथान चोकमा भएको बस दुर्घटनामा १७ को मृत्यु
आवाज संवाददाता २७ मंसिर २०७९, मंगलवार
काठमाडौं /काभ्रेको बेथानचोक गाउँपालिका-४, चलाल गणेशस्थानमा भएको बस दुर्घटनामा १७ जनको मृत्यु भएको छ । बनेपा नगरपालिका-११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका-५, च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस मंगलबार साँझ दुर्घटनामा परेको हो ।
ज्यान गुमाउनेहरुको परिचय खुली नसकेको बताईएको छ । घटनास्थल, शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा गरी १७ जनाको मृत्यु भएको काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । बसमा सवार कति थिए भन्ने यकिन नभएको उनको भनाइ छ । दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले उद्धार कार्य जारी राखेको पाण्डेको भनाई छ ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।