निर्वाचनको अन्तिम परिणाम आज सार्वजनिक गर्दै निर्वाचनआयोग
आवाज संवाददाता २८ मंसिर २०७९, बुधबार
मंसिर,२८
काठमाडौं/ निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन २०७९ को अन्तिम नतिजा आज सार्वजनिक गर्ने भएको छ । आयोग परिसरमा दिउँसो १ बजेपछि पत्रकार सम्मेलनको आयोजना गरी अन्तिम नतिजा घोषणा गर्ने भएको हो
यस्तै आयोगले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको अन्तिम परिणाम पेस गर्ने बताएको छ । बिहीबार नै आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदलाई प्रमाणपत्र प्रदान गर्ने बताइएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन गत मंसिर ४ गते सम्पन्न भएको थियो। संघीय संसद्को प्रतिनिधिसभामा १६५ प्रत्यक्ष र ११० समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था नेपालको वर्तमान संविधानमा रहेको छ । सात प्रदेशमा ३३० सदस्य प्रत्यक्ष र २२० समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने गर्दछन् ।
फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।