उपप्रधानमन्त्री लिङदेनद्वारा पद बहाली

 आवाज संवाददाता     ३ माघ २०७९, मंगलवार

काठमाडौ/नवनियुक्त उपप्रधानमन्त्री एवम् ऊर्जा, सिंचाइ तथा जलस्रोतमन्त्री राजेन्द्र लिङ्देनले पदभार गर्नु भएको छ । शपथ लिएलगत्तै पशुपतिनाथको दर्शन गरेर उहाँले सिंहदरवारस्थित मन्त्रालय पुगेर मंगलबार दिउँसो पदभार ग्रहण गर्नु भएको हो ।
कार्यभार सम्हाल्दै उहाँले ऊर्जा, जलस्रोत र सिंचाइ क्षेत्रको आवश्यक्ता र प्राथमिकता निर्धारण गर्नका लागि तीन सदस्यीय कार्यदल बनाउने निणर्य गर्नु भयो ।
विगतका कामको अनुभवको अध्ययन गर्दै मुलुकको आवश्यक्ता र प्राथमिकताको आधारमा मन्त्रालयको कार्य सम्पादन गर्न आफूले ऊर्जा, जलस्रोत र सिंचाइ क्षेत्रको पाँच वर्षे रणनीतिक योजना बनाएर काम गर्न सो कार्य दल बनाउने पहिलो निणर्य गरेको उहाँको भनाई छ ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको मन्त्रालयको जिम्मेवारी पाउनु आफ्ना लागि एउटा महत्त्वपूणर् अवसर भएको ले यसलाई आफूले अवसरमा परिणत गर्ने उहाँले बताउनु भयो । उपप्रधानमन्त्री लिङ्देनसहित राप्रपाबाट मन्त्री भएका सबैले राष्ट्रपतिबाट शपथ लिएलगत्तै पशुपतिनाथको दर्शन गर्नु भएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।