वन डँढेलो सप्ताह भब्यरुपमा सुरु

 आवाज संवाददाता     २ चैत्र २०७९, बिहीबार

नवराज शिवाकोटी
चरिकोट/वन डँढेलो नियन्त्रण सप्ताह दोखलामा भब्य रुपमा सुरु गरिएको छ । चैत्र १ गते बुधवार बाट वन डँढेलो नियन्त्रण सप्ताहको सुरु गरिएको हो ।
सप्ताहब्यापी कार्यक्रमको पहिलो दिन सदरमुकाम चरिकोटमा डिभिजन वन कार्यालय दोलखाको आयोजनामा भब्य र्‍यालिको निकालिएको थियो । कार्यालयका कर्मचारी, हरित स्वयंसेवकहरु, जनपद प्रहरी, शसस्त्र प्रहरी, वन उपभोक्ता समूहहरु लगायत संलग्न भब्य र्‍यालीले डँढेलो नियन्त्रण सम्बन्धी चेतनामूलक प्लेकार्ड सहित नगरपरिक्रमा गरेको थियो । र्‍याली पछि सातडोबाटोमा सडक नाटकको प्रदर्शन गरिएको थियो ।


वन डँढेलो सप्ताह चैत्र एक गते देखि सात गतेसम्म विभिन्न सचेताना मूलक कार्यक्रमको आयोजना गरी भब्य रुपमा मनाउन लागिएको डिभिजन वन कार्यालय दोखलाका डिभिजन प्रमुख थिरबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार दुई गते दोलखाको उत्तरी क्षेत्रको केन्द्र सिँगटी बजारमा, तिन गते शैलुङ गाउँपालिकामा, चार गते पर्यटकीय नगरी जिरीमा, पाँच गते बैतेश्वर गाउँपालिकाको मैनापोखरी बजारमा र्‍यालि सहित डँढेलो नियन्त्रण सम्बन्धी चेतनामुलक कार्यक्रम संचालन गरिनेछ । यसैगरी छ गते जिल्लाब्यापी रुपमा डँढेलो नियन्त्रण सम्बन्धी चेतानमुलक सन्देश प्रवाह गर्ने उद्देश्यले माइकिङ गरिने छ भने सात गते सदरमुकाम चरिकोटमा शसस्त्र प्रहरीद्वारा वन डँढेलो नियन्त्रण सम्बन्धी प्रदर्शन गरिने डिभिजन वन कार्यालय दोलखाले बताएको छ ।
यसका अतिरिक्त चैत्र महिना भर सेवा ग्राही बढी हुने जिल्ला का सरकारी कार्यालयहरुमा डँढेलो नियन्त्रण समबन्धि चेतानामूलक ब्यानर राख्ने तथा जिल्लाका सामूदायिक विद्यालयहरुमा विद्यार्थी लक्षित सचेतना मूलक कार्यक्रमहरु संचालन गरिने प्रमुख कार्कीको भनाई छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।