आज उपराष्ट्रपति निर्वाचनहुँदै

 आवाज संवाददाता     ३ चैत्र २०७९, शुक्रबार

काठमाडौ/ आज उपराष्ट्रपति पदको निर्वाचन हुँदै छ ।संघीय संसद् भवनमा उपराष्ट्रपति चयनका लागि मतदान हुन लागेको हो ।
बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ॥ मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गर्ने र साँझ ६ बजेभित्र निर्वाचन परिणाम सार्वजनिक गर्ने आयोगको तयारी रहेको छ ।
उपराष्ट्रपति पदको निर्वाचनका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य (बोहरा), सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीर्की ममता झा गरी चार उम्मेदवार छन् । जसपाकी प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निष्कृय भएको घोाषणा गरेकी छन् । तर उम्मेदवारी फिर्ता लिने समयभन्दा पछि मात्रै उम्मेदवारी निष्कृय भएको भनेकाले मतपत्रमा उनकोसमेत नाम समावेश छ । उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद् र प्रदेशसभा सदस्य मतदाता रहने सम्बैधानिक ब्यवस्था रहेको छ । ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।