मृतकका शव उनीहरुकै घरमै पुर्‍याउन माग

 आवाज संवाददाता     ८ असार २०७३, बुधबार
काठमाडाँै, ८ असार । व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसदहरुले अफगानिस्तानमा आतङ्ककारीको बर्बर आक्रमणबाट ज्यान गुमाएका नेपाली नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै मृतकका शव सम्बन्धित परिवारजनलाई उनीहरुकै घरमा पु¥याउन सरकारको ध्यानकर्षण गराएका छन् ।
अफगानिस्ताको राजधानी काबुलमा भएको आत्माघाती आक्रमणमा १२ जना नेपालीले ज्यान गुमाएका थिए । उनीहरुले मृतकले पाउने बिमालगायतका अन्य सुविधाका लागि पहल गर्न सरकारलाई सुझाव दिए । उनीहरुले भूकम्पपीडित जनतालाई आवास निर्माण रकम दू्रत गतिमा वितरण गर्नसमेत माग गरे ।
यसरी आफ्नो धारणा राख्ने सांसदहरुमा शिवचन्द्र चौधरी, शेषनाथ अधिकारी, सरस्वती वजिमिया, सरुवाखान हलुवाई, हितराज पाण्डे, सिद्धिलाल सिंह, सूर्यप्रकाशवाला राई, सञ्जयकुमार गौतम, हरिबहादुर राजवंशी, ज्ञानकुमारी छन्तेल छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।