कक्षा १२ को नतिजा सार्वजनिक हुँदै, नतिजाको लागि हामी सँगै रहनुहोला ।

 आवाज संवाददाता     २७ भाद्र २०७३, सोमबार

भक्तपुर – कक्षा १२ को नतिजा आज सार्वजनिक हुँदै छ । यसका लागि सबै तयारी सकेर दिउँसो ४ बजे परीक्षा बोर्डको बैठक बोलाईएको राष्ट्रिय परीक्षा बोर्ड श्रोतले जनाएको छ ।

यस अघि भएको विज्ञान बाहेक मानविकी, ब्यवस्थापन शिक्षा लगायतका सबै संकायको नतिजा सार्वजनिक हुने छ ।

परीक्षामा सहभाथि ३ लाख ४६ हजार ४ सय २७ परीक्षार्थी मध्ये यस अघिनै विज्ञान संकायमा झण्डै ४० हजार विद्यार्थीको नतिजा सार्वजनिक भईसकेको छ । राष्ट्रिय परीक्षा बोर्डले गत साउन २३ गते विज्ञान संकायको नतिजा सार्वजनिक गरेको थियो ।

बोर्डका निमित्त परीक्षा नियन्त्रक सन्तोष अर्यालले नतिजा सार्वजनिक गर्न आवश्यक तयारीमा ब्यस्त रहेको बताए ।

शिक्षा ऐन लागू भएसँगै उच्च माध्यमिक शिक्षा परिषद् खारेज भएर परीक्षा बोर्ड गठन भएको हो । बोर्ड गठन भएको ३९ औं दिनमा खाली भएको बोर्डको सदस्य सचिवमा गत शुक्रबार मात्रै शिक्षा मन्त्रालयले सह सचिव सूर्य गौतमलाई सदस्य सचिव बनाएर पठाएको थियो ।

रिजल्ट हेर्नको लागि यँहा क्लीक गर्नुहोला ।

साथै मोवाइल बाट नतिजा हेर्नको लागि तलको निर्देशन अनुसार गर्नुहोला ।

423X228 banner hseb result published

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।