हाम्रो जनकल्याण सहकारीमा रामचन्द्र बस्नेत सहित सबै सर्वसम्मत

 आवाज संवाददाता     २७ भाद्र २०७३, सोमबार

हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थामा रामचन्द्र बस्नेतको नेतृत्वमा सबै सञ्चालक सर्वसम्मत चयन भएका छन् । सहकारीका सबै सञ्चालकहरुको आइतबार निर्वाचन मण्डलले सफत ग्रहण गराएको छ ।
ramchandraसहकारीका उपाध्यक्ष कमलप्रसाद चौलागाई, सचिव रामचन्द्र दुलाल, सहसचिव कमला नेपाल, कोषाध्यक्ष राजन श्रेष्ठ चयन भएका छन् । त्यसैगरी सञ्चालकहरुमा उर्मिला सुवेदी, रामकेशरी चर्माकार लगायत रहेका छन् । त्यसैगरी लेखा सुपरीवेक्षण समितिमा संयोजक भवानीप्रसाद चौलागाई, सदस्यहरुमा सहदेव खड्का र पुण्यप्रसाद सुवेदी रहेका छन् ।
अध्यक्षमा निर्वाचित बस्नेत लामो समय कोषाध्यक्ष रहेर काम गरी अघिल्लो एक कार्यकाल उपाध्यक्ष भएर काम गरेका हुन् । सहकारी मापदण्डलाई पूर्ण कार्यान्वयन गरेको जनकल्याणमा शिक्षक, निजामति कर्मचारी, बैंक तथा वित्तीय संस्थाका कर्मचारी कोही पनि सञ्चालक भएका छैनन् ।
janakalyanसहकारीको गत असार मसान्तसम्म कुल सेयर सदस्य ५ हजार ५६१ जना रहेका छन् भने कुल चुक्ता पुँजी ३ करोड ७७ लाख १५ हजार ८ सय रहेको छ । त्यसैगरी कुल बचत २४ करोड ४६ लाख २० हजार र कुल ऋण लगानी २१ करोड ३ लाख ६३ हजार रहेको छ । संस्थाले १९ औं साधारण सभा समेत सम्पन्न गरेको छ । हाम्रो जनकल्याण चरिकोटमा रहेको दोस्रो ठूलो सहकारी संस्था हो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।