चीनले बनायो विश्वकै अग्लो पक्की पुल (फोटो फिचर)

 आवाज संवाददाता     २७ भाद्र २०७३, सोमबार

बेइजिङ: चीनमा विश्वकै सबैभन्दा अग्लो पक्की पुल सञ्चालनमा आउने तयारीमा छन् । दक्षिण-पश्चिम चीनको पहाडमा एक नदीमाथि बन्न लागेको यो पुलको नाम बीपाङ्गजियाङ्ग राखिएको छ ।

एक हजार आठ सय ५४ फिट अग्लो र दुई हजार तीन सय ६२ फिट लामो यो पुल निर्माण गर्न चीनले १५० मिलियन अमेरिकन डलर खर्च गरेको छ ।

चिनियाँ इन्जिनिन्यरहरुले यो पुलको आधारभूत पूर्वाधार तयार गरिसकेका छन् । यस पुललाई यसै वर्षको अन्त्यसम्म (पुस) मा गाडी आवतजावतका लागि खोलिनेछ ।

गुईझोऊ प्रान्तस्थित ढुवानी विभागले एक विज्ञप्ती निकालेर यो पुललाई बीचबाट जोड्ने प्ले शनिबार जोडिएको छ । यो पुल बीपाङ्गजियाङ्ग उपत्यकामा हाङ्गझोई शहरबाट रुइली शहरलाई जोड्ने राजमार्गमा बनाइएको हो ।

चीनमा यसअघि पनि यस्ता कयौं अग्ला पुल बनिसकेका छन् । तर संरचनाको हिसाबले यो पुल विश्वकै अग्लो हुने छ । यसअघि विश्वकै अग्लो पुलका रुपमा फ्रान्सको मिल्लाऊ भियाडुक्त रहेको छ । यसको उचाईं ११ सय २५ फिट रहेको छ ।
चीनले बनाइरहेको विश्वकै अग्लो पक्की पुल । तस्बिर: एजेन्सी


फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।