मिलिजुली सहकारीको हिसाव अब मोबाइलमा

 आवाज संवाददाता     २८ भाद्र २०७३, मंगलवार

मिलीजुली बचत तथा ऋण सहकारी संस्थाले आफ्ना शेयर सदस्यको सुविधाका लागि मोबाइल एप सञ्चालन गर्ने भएको छ । चरिकोटमा रहेको सहकारीले आफ्ना सदस्यहरुलाई आर्थिक कारोबारको जानकारी लिन र कारोबार गर्न सहज बनाउन मोबाइल एप सञ्चालन तयारी गरेको हो ।
सहकारीले मोबाइल एप आगामी असोज १ गतेबाट सुरु गर्ने सहकारीका अध्यक्ष नारायणबहादुर श्रेष्ठले जानकारी दिए । सूचना र सञ्चारको क्षेत्रमा फड्को मार्दै गएको अवस्थामा त्यही अनुसारको सुविधा आफ्ना सदस्यहरुलाई पनि दिन यो कार्यक्रम सुरु गर्न लागेको उनले बताए । मोबाइल एपको सम्पूर्ण तयारी पूरा भएको उनले जानकारी दिए ।
mili 1अध्यक्ष श्रेष्ठका अनुसार आफ्ना शेयर सदस्यहरुलाई मिलिजुली मोवाईल सेवा मार्फत सदस्यहरुले आफ्नो खाताको रकम हेर्न मिल्ने गरी छोट्करी विवरण सुविधा रहेको छ । रकम झिक्दा तथा जम्मा गर्दाको सुचना मोवाईलमा आउने वनाउन मिल्ने, एक शेयर सदस्यको वचत रकम अर्को शेयर सदस्यको खातामा घरमै वसेर रकमान्तर गर्न मिल्ने, ऋणको किस्ता व्याजको बारेमा घरमै वसेर हेर्न मिल्ने सुविधा रहेको उनले बताए ।
सहकारीका व्यवस्थापक इश्वर न्यौपानेले बैंकहरुले आधुनिक प्रविधिको प्रयोग गर्दै डिजिटल बनाउँदै गएकाले सहकारीले पनि पछ्याउन जरुरी भएको बताए । मोबाइल एप सञ्चालनपछि बैंकले दिने सुविधा सहकारीबाट गर्न सकिने बताए । सदस्यहरु घरमै वसेर भुक्तानी आदेश गर्न मिल्ने र मोवाईल, डिस होमको रिचार्ज सुविधा विभिन्न शिर्षकको बील भुक्तानी गर्न मिल्ने र ए.टि.एम. कार्ड विनानै ए.टि.एम. सुविधा लिन मिल्ने सुविधा रहेको उनले बताए ।
सहकारीले मोबाइल एप सञ्चालनका लागि माईक्रो बैंकर सफ्टवयर, पीयोर सफ्टवयर प्रा.लि., अर्थ मोवाईल बैंकिड्, लक्ष्मी बैंकसँग सहकार्य गरेको छ । सहकारीले दोस्रो चरणमा विद्युतको बील भुक्तानीको व्यवस्था पनि गर्न लागेको उनले बताए । मिलिजुलीको शेयर सदस्य २१ हजार ७ सय ४२ र आर्थिक वर्ष २०७२÷७३ को असार मसान्तसम्म कुल पुँजी ६२ करोड ५२ लाख ३१ हजार २०३ रहेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF