फरार चोर प्रहरी नियन्त्रणमा

 आवाज संवाददाता     २८ भाद्र २०७३, मंगलवार

अढाइ वर्षदेखि फरार चोरी मुद्दाका अपराधीलाई प्रहरीले पक्राउ गरेको छ । दुई जना अपराधीलाई पक्राउ गरी दोलखा जिल्ला अदालतमा बुझाएको प्रहरीले जनाएको छ ।
मेलुङ ९ का २९ वर्षे सविन हमाल र सोही स्थानका २४ वर्षे यादव ठकुरीलाई प्रहरीले पक्राउ गरी अदालतमा बुझाएको हो । उनीहरुले २०६९ मंसिर ५ गते मेलुङ तिनपिप्ले रहेका २ वटा पसलमा चोरी गरेको प्रहरीको अभियोग छ ।  जिल्ला अदालत दोलखावाट २०७० चैत चैत १४ गतेको पैmसलाले हमाल विरुद्द ४ महिना कैद र रु. १ लाख ६८ हजार ६८५ जरिवाना र  ठकुरी विरुद्द ४ महिना कैद र रु. १ लाख ६२ हजार ८६४ जरिवानाको फैसलाभएको थियो ।
पक्राउ परेका दुवै जनालाई अदालतको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोदकुमार सुनुवारले जानकारी दिए । अदालतले कारागार पठाएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।