सामान्य प्रशासन मन्त्रालयद्वारा ५२ कर्मचारीको सरुवा (नामावलीसहित)

 आवाज संवाददाता     ३० भाद्र २०७३, बिहीबार

३० भदौ, काठमाडौं । सामान्य प्रशासन मन्त्रालयले बुधबार ५२ जना कर्मचारीहरुको सरुवा गरेको छ । अन्तरमन्त्रालय सरुवाको माग गर्दै निवेदन परेका ३ सय निवेदनमध्ये मन्त्रालयले बुधबार ५२ जनाको निवेदन सदर गर्दै उनीहरुको सरुवा गर्ने निर्णय गरेको छ ।

यसरी सरुवा हुनेहरुमा २५ जना अधिकृत र २८ जना खरिदार तहका कर्मचारी छन् । २५ जना अधिकृतमध्ये १० अधिकृतलाई विभिन्न मन्त्रालयबाट तानेर गृह मन्त्रालय पठाइएको छ । बाँकी १५ जनालाई विभिन्न मन्त्रालय र त्यस अन्तरगतका निकायहरुमा सरुवा गर्ने निर्णय भएको छ ।

यस्तै मन्त्रालयले विभिन्न मन्त्रालयमा कार्यरत २८ जना खरिदारलाई स्थानीय विकास मन्त्रालय वा त्यस अन्तर्गतका कार्यालयमा सरुवा गरेको छ ।

स्थानीय विकासमा सरुवा गरिएका सबै खरिदारलाई गाविस सचिवको रुपमा खटाउन स्थानीय विकास मन्त्रालय पठाइएको सामान्य प्रशासन मन्त्रालयका सचिव पूर्णचन्द्र भट्टराईले बताए ।

स्थानीय विकास मन्त्रालयबाहेकका मन्त्रालयमा रहेका २ सय भन्दा बढी खरदारले गाविस सचिवको रुपमा काम गर्न चाहेको भन्दै सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरिदिन निवेदन दिएका थिए ।

स्रोतका अनुसार उनीहरुको सरुवाको सूची तयार भइसकेको छ । तर बुधबार मन्त्रालयले भने २८ जनाको मात्र सूची सार्वजनिक गरेको छ ।

(हेर्नुस् बुधबार सरुवा भएका कर्मचारीहरुको नामावली)

Source: Onlinekhabar

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।