फिफा बरियातामा नेपाल २ स्थान उक्लियो, अर्जेन्टिना शीर्ष स्थानमै

 आवाज संवाददाता     ३० भाद्र २०७३, बिहीबार

काठमाडौं, ३० भदौ । फिफा बरियातामा नेपालले दुई स्थान सुधार गर्दै १८६औं स्थानमा उक्लिएको छ ।

विश्व फुटबल महासंघ फिफाले हरेक महिना सार्वजनिक गर्ने बरियाताक्रममा नेपालले दुई स्थान सुधार गर्दै १८६औं स्थानमा उक्लिएको हो ।

दक्षिण एशियामा नेपाल चौथो स्थानमा यथावत छ । दक्षिण एशियाली मुलुकहरुमा भारत १४८औं बरियातासहित शीर्षा छ । चार स्थान सुधार गरेको भारत अफगानिस्तान भन्दा एक स्थान अगाडि छ ।

एकैपटक ९ स्थान सुधार गरेको माल्दिभ्स १६५औं स्थानमा छ भने नेपालभन्दा एक स्थान अगाडि बंगलादेश छ । दक्षिण एशियाली टोलीहरुमा भुटान ३ स्थान माथि उक्लदै १८९औं स्थानमा छ भने श्रीलंका र पाकिस्तान क्रमसः १९३ र १९४औं स्थानमा यथावत छ ।

फिफा बरियाताको शीर्ष दुई स्थानमा अर्जेन्टिना र बेल्जियम यथावत छन् । जर्मनी तेस्रो स्थानमा उक्लँदा कोलम्बिया चौथो स्थानमा झरेको छ ।

ओलम्पिक च्याम्पियन ब्राजिलले पाँच स्थान सुधार गर्दै बरियाताको पाचौं स्थान कब्जा जमाएको छ ।

बरियाताको छैटौं, सातौं, आठौं र नवौं स्थानमा क्रमसः चिली, पोर्चुगल फ्रान्स र उरुग्वे छन् । उरुग्वेले ३ स्थान सुधार गरेको हो । एक स्थान सुधार गर्को वेल्स फिफा बरियाताको शीर्ष १० भित्र पर्न सफल भएको छ ।

अनलाइनखबरबाट

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।



CDF