दोलखाको चम्पुजा पार्क, आकर्षक पर्यटकीय गन्तव्य (फोटो फिचरसहित)

 आवाज संवाददाता     ३० भाद्र २०७३, बिहीबार

sabina Manandharगौरीशङ्कर हिमालको काखमा अवस्थित दोलखा जिल्लाको आफ्नै ऐतिहासिक एवं मौलिक विशेषतालाई नियाल्दा किराँतकाल, लिच्छवीकालदेखिको ऐतिहासिक पृष्ठभूमि बोकेर मल्लकालीन मठ–मन्दिर, देवदेवालय, मूर्तिकला, धार्मिकस्थल, ऐतिहासिक दरबार एवं चैन्यहरु रहेको यस दोलखा जिल्ला नेपाल अधिराज्य भित्र मात्र नभएर नेपाल बाहिर पनि उत्तिकै प्रख्यात रहेको पाउँछौ । तर गत २०७२ साल बैशाख १२ गते गएको महाभूकम्प र २९ गते गएको महाभूकम्पको पराकम्पनबाट नेपाल राज्यको १४ जिल्लालाई क्षति पु¥याएको थियो यो मध्ये दोलखा जिल्ला पनि पर्दछ ।
ऐतिहासिक धरोहर बोकेको दोलखा जिल्लाको दोलखा शहरको अधिकांश मठ–मन्दिर, मल्लकालीन दरबार पुराना पुराना पुरातात्विक बोकेका करिव ९९ प्रतिशत भन्दा बढी संरचनाहरु त यसै ध्वस्त उसै ध्वस्त भई सकेको अवस्था छ । सायद यसको पुनः निर्माणको लागि दशौँ वर्ष लाग्न सक्ने संकेत सरकारले दिई सकेको छ । यसको छिटो भन्दा छिटो पुनः निर्माणको लागि दोलखा जिल्लावासी लगायत सम्पूर्ण नेपालीहरु एकजुट हुन सिङ्गो दोलखा जिल्लाले आज सवैलाई अनुरोधका साथ आब्हान गरेको छ । यो अनुरोध र आब्हानलाई हामीले हाम्रो आ–आफ्नो ठाउँबाट जे ले सक्छ त्यसले सहयोग गर्नु नै हामी सवैको जिम्मेवारी अनी दायित्व रहेको छ ।

8

पर्यटकीय एवं प्राकृतिक रमणीय स्थानको हिसाबले महत्वपूर्ण मानिएको दोलखा जिल्लाको पूर्वमा सोलुखुम्बु र रामेछाप जिल्ला, पश्चिममा सिन्धुपाल्चोक जिल्ला, उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत र दक्षिणमा रामेछाप जिल्ला पर्दछ । मनोरम प्राकृतिक दृश्यले सु–सज्जित स्थानहरुलाई चिर्दै कलकल सुमधुर आवाजमा गौरीशङ्कर हिमालको चिसो हावा सँग–सँगै आफ्नै तालमा बगिरहेको तामाकोशीको मनमोहक दृश्यले जिल्लालाई शोभायमान हुन अझ सहयोग पुगेको छ । यसै गरी प्राकृतिक एवं धार्मिक महत्वको गौरीशङ्कर हिमाल पर्यटकीयहरुको स्वागतमा हाँसिरहेको भान हुन्छ । समुद्र सतहदेखि करीव ७१३४ मिटरको उचाइमा अवस्थित गौरीशङ्कर हिमाल हिन्दू धर्मावलम्वीहरुका आराध्यदेव शिव र माता पार्वतीको प्रतीक मानिने भएकोले आन्तरिक तथा बाह्य पर्यटकलाई आरोहन गर्न प्रतिवन्ध लगाएको छ ।

CMPrachanda006

विश्व कै अग्लो हिमशिखर सगरमाथा हिमालको प्रवेश द्वार जिरीको आफ्नै मौलिक एवं पर्यटकीय महत्व रहेको पाईन्छ, यसै गरी विश्व प्रसिद्ध च्छोरोल्पा हिमताल, रोल्वालिङ क्षेत्र, लामाबगर, बीगु गुम्बा, हिम आरोहीहरुको बासस्थल बेदिङ गाउँ, शैलुङ्गेश्वर, देउलाङ्गेश्वर महादेव, जटापोखरी त्यतीके प्रख्यात रहेको पाउँछौं । यस्तै गरी समुद्र सतहदेखि करीव १३६०२ फिटमा कालिञ्चोक भगवतीको मन्दिर रहेको पाईन्छ । सदरमुकाम चरिकोट देखि ३ घण्टामा यहाँ पुग्न सक्छौ र यसको आफ्नै मौलिक विशेषता रहेको छ । यी ऐतिहासिक, धार्मिक देवस्थल तथा पर्यटकीय महत्व बोकेका स्थानहरुले गर्दा दोलखा जिल्लालाई नेपाल अधिराज्यकै महत्वपूर्ण ऐतिहासिक, धार्मिक एवं पर्यटकीय स्थलको रुपमा स्थापित गरेको पाईन्छ ।

27
दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नं. ४ दुंगल स्थित चम्पुजा डाँडा त्यतिकै महत्वपूर्ण रहेकोले यस पटक उक्त पर्यटकीय महत्व बोकेको चम्पुजा डाँडाको बारेमा छोटो विश्लेषण गर्न खोजिएको छ ।
पूर्व दोलखा गाविस र हाल भीमेश्वर नगरपालिकाको बजारको वस्ती भन्दा पूर्वमा अवस्थित यस मनोमोहक पर्यटकीय स्थलले आन्तरिक र बाह्य पर्यटकहरुलाई लोभ्याउन त्यतिकै सफल भएको छ । यसै गरी मनोरम प्राकृतिक दृश्यले सु–सज्जित स्थानहरुलाई चिर्दै कलकल सुमधुर शुर, ताल अनी आवाजमा बहकी रहेको गौरीशङ्कर हिमालको चिसो हावा सँग–सँगै आफ्नै तालमा बगिरहेको ताममाकोशीको मनमोहक दृश्य यस स्थान बाट सजिलै हेर्न सकिन्छ । यसरी नै दक्षिणमा नेपालको स्विजरल्याण्डको नामले प्रख्यात जिरी लगायत हनुमन्ते डाँडा, मैनापोखरी, मार्वु र जुगु हेर्न सकिन्छ भने उत्तरमा दोलखाको नेवार वस्ती भन्दा माथि रहेको मञ्जुश्रीको मन्दिर र कालिञ्चोक भगवती लगायत सेताम्मे हिउँले ढाँकेको उच्च उच्च पहाडी हिमश्रृखलाहरुका मनोमोहक दृश्यहरु सजिलै हेर्न सनिे अर्को विशेषता रहेको छ। यसैले दोलखा जिल्लाको दोलखा शहरलाई मात्र नभएर सिङ्गो जिल्लालाई नै शोभायमान हुन थप सहयोग पुगेको छ । तसर्थ हामी कोही आन्तरिक बाह्य पर्यटकको रुपमा उपत्यका भन्दा बाहिर घुम्न जान आकांक्षा र ईच्छा गछौं भने एक रात दुई दिनको समय मिलाएर जानु हुन्छ भने साक्षात एक शिला तिन अवतारको दोलखा भीमेश्वर, कालिञ्चोक भगवती माईको दर्शन लगायत यस चम्पुजा पर्यटकीय उद्गम स्थलको अवलोकन गर्न सकिन्छ । आउनुस् यहाँहरुको स्वागतमा गौरीशङ्कर हिमाल सधै हाँसिरहेको छ । यसै गरी भक्तजनहरुको खुसी, सुखी, शान्त र शान्ती प्राप्तको लागि दोलखा भीमेश्वर सधै आशिक दिई रहेको छ ।

24
भीमेश्वर नगरपालिकाको आर्थिक सहयोग र भीमेश्वर नगरपालिका वडा नंं ४ का स्थानिय वासिन्दा तथा दोलखावासीको विशेष सहयोगमा निर्मित यस चम्पुजा पार्क हाल आएर दोलखा बजारको लागि लागि मात्र सिंगो दोलखा जिल्लालाई नै पर्यटकीय स्थान मध्ये एक सावित हुर्दै आईरहेको छ । बाँकी दृश्य अवलोकन, बयान यहाँहरुको उपस्थितिपछि आफैँ गर्नुहुनेछ दोलखाको स्मरण, बयान अनि बर्णन तसर्थ सम्पूर्ण आन्तरिक तथा बाह्य पर्यटक महानुभावहरुलाई तपाईँ कतै घुम्न जान इच्छा छ भने दोलखा भीमेश्वरको दर्शन गर्नुका साथै मनोरम दृश्यलाई हेर्नको लागि सजिलो केन्द्रविन्दु चम्पुजा आउनु हुन यसै लेख द्वारा विशेष अनुरोध समेत गरिएको छ ।

 

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।