पुन:संरचनामा माओवादी केन्द्रको असहमती

 आवाज संवाददाता     ३१ भाद्र २०७३, शुक्रबार

दोलखा, ३१ भदौं । नेकपा माओवादी केन्द्र दोलखाले स्थानीय निकाय पुनसंरचनाको विषयमा असहमती जनाएको छ ।
भदौं २९ गते दोलखाको नाम्दुमा भएको दोलखा जिल्ला क्षेत्र नं. १ र २ को संयुक्त क्षेत्रीय भेलाले दोलखा जिल्लामा स्थानीय निकास पुनसंरचनामा ९ गाउँपालिकाको निर्णय भएकोमा आफ्नो असहमती रहेको नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा रामबहादुर थापा वादलले नेतृत्व गरेको पुर्व क्रान्तिकारी माओवादी तथा हाल माओवादी केन्द्र दोलखाका जिल्ला संयोजक नाम्गेल मोक्तानले बताएका छन् । आफ्नो समूहको क्षेत्रीय भेलामा संवोधन गर्दै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि मोक्तानले नेपालमा संधियता माओवादीले आन्दोलनले ल्याएको भएपनि अहिले माओवादी केन्द्रको भन्दा भिन्न स्वार्थवाट गाउँपालिकाको नामांकन तथा सीमांकन हुन लागेकोले आफूहरुले त्यसमा असहमती जानाएको वताएका छन् ।
दोलखाको उत्पीडित आदीवासी जनजाती समुदायहरु थामी, सुरेल, जिरेलहरुको स्वायत्त तथा संरक्षित क्षेत्रहरुको मागलाई नेकपा माओवादी केन्द्र दोलखाको संयुक्त क्षेत्रीय भेलाले राज्यवाट संवोधनका लागि पहल गर्ने निर्णय समेत गरेको जनाएको छ ।
नेकपा माओवादी केन्द्र दोलखा क्षेत्र नं. १ का संयोजक धनबहादुर तामाङको अध्यक्षतामा भएको उक्त संयुक्त भेलामा नेकपा माओवादी केन्द्रका क्षेत्र नं. २ का संयोजक गणेश मोक्तान नेकपा माओवादी केन्द्र दोलखाका सचिवालय सदस्य तथा संयुक्त थामी स्वायत्त संधर्ष समितिका संयोजक जगतमान थामी, गोमा खतिवडा, यज्ञबहादुर खड्का लगाएतले मन्तव्य राखेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।