नागरिककर्मी खतिवडा पुरस्कृत

 आवाज संवाददाता     १ आश्विन २०७३, शनिबार

दोलखा, असोज १/मिलिजुली बचत तथा ऋण सहकारी संस्थाले नागरिक दैनिकका दोलखा संवाददाता रमेश खतिवडालाई पुरस्कृत गरेको छ ।
मिलिजुली साकोसको २३ औँ वार्षिक साधारणसभाको अवसरमा खतिवडालाई पुरस्कृत गरेको हो । साधारणसभाका प्रमुख अतिथि बचत तथा ऋण सहकारी लिमिटेडका केन्द्रीय वरिष्ठ उपाध्यक्ष डीबी बस्नेतले खतिवडालाई नगद ५ हजार ५ रुपैयाँ र प्रमाणपत्र प्रदान गरेका छन् ।
भीमेश्वर नगरपालिका र आसपासलाई कार्यक्षेत्र बनाएर सञ्चालित साकोसले सहकारीका सकारात्मक समाचार सम्प्रेषण गरी सहकारी गतिविधिलाई सघाएको भन्दै खतिवडालाई पुरस्कृत गरेको हो ।
सो अवसरमा साकोसले साकोसका संस्थापकहरु, ज्येष्ठ सेयर सदस्य, उत्कृष्ट बचतकर्ता, २०७२ सालको एसएलसी परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई समेत सम्मान गरेको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।